चौरीदेउरालीको ११ सय घरमा पुग्यो एक घर एक धारा


सुसन सापकोटा विज्ञान, काभ्रे : काभ्रेको चौरीदेउराली गाउँपालिकाले घोषणा गरेको एक घर एक धारा निर्माण अभियान सार्थक बन्दै गएको छ । चौरीदेउराली गाउँपालिका र वाटर एडको सहयोग तथा एकीकृत शहरी विकास केन्द्रको आर्थिक एवं प्राविधिक सहयोगमा हालसम्म वडा नंं. ८ को ३०० घर, वडा न. ५ को २०० घर, वडा न. ४ को १०० घर, वडा न.३ को १३० घर, वडा न. ९ को २६० घर र वडा नं.२ को ११० घर गरी ११०० घरमा धारा निर्माण भईसकेको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पनि केन्द्र सरकारद्वारा बृहत चौरीखोला ढोकेडाँडा लिफ्टिङ आयोजनाको काम भइरहेको छ । उक्त आयोजना अबको एक वर्ष भित्र सम्पन्न हुनेछ । त्यस्तै वडा नं. ६ मा हाल चौरीखोला पाथिभरा लिफ्टिङ मार्फत करिब ७०० घरमा एक घर एक धारा निर्माण गर्नका लागि केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साथै उपभोक्ता समेत लागि खटिरहेका छन् ।

गाउँपालिकाले एक घर एक धारा अभियान सफल पार्न यस आर्थिक बर्षमा विकास बजेटबाट विनियोजित ४ करोड ५० लाख रकम कार्यान्वयन भईरहेको छ भने वडा नं. ५ को करिब ३ सय घरधुरीका लागि प्रदेश सांसद रत्न ढकाल र संघिय सांसद गङ्गाबहादुर दोङ बमध्वजले ५० लाख रकम बिनियोजन गर्नुभएको छ । उहाँहरुले आफुहरुले चौरीदेउराली गाउँपालिकाको अभियान सफल बनाउनका लागि निरन्तर सहयोग गर्ने बताउनुभयो ।
वाटर एडको सुवास परियोजना सम्पन्न भएपनि वाटर एड नेपालले गाउँपालिकाको अभियानमा अझै सहयोग गर्नेमा आफू विश्वस्त रहेको अध्यक्ष गौतमले बताउनुभयो । आफूले घोषणा गरेको एक घर एक धारा अभियान आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष गौतमले डेढ वर्षमा सबै घरमा एक घर एक धारा पु.याउने घोषणा गरेको करिब दश महिनाभित्रै ११ सय घरमा धारा पु(याईएको हो । घोषणा गरेको समयावधिभित्रै गाउँपालिका क्षेत्रभित्रका सबै घरमा एक घर एक धारा निर्माण अभियान सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार