
सर्लाही : कोबिड-१९ संक्रमण रोकथामका लागि सर्लाही जिल्लाका ९ प्रसुति केन्द्रलाई स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु सहयोग गरिएको छ । अस्ट्रेलियन सरकार तथा आड्रा नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल सर्लाहीद्वारा सिमरा, बगदह, सुन्दरपुर, सिसौटिया, सेखौना बरहथवा, पिपरिया, लक्ष्मीपुर र सासपुर प्रसुतिका केन्द्रका लागि स्वास्थ्य तथा स्वच्छता सामग्रीहरु हस्तान्तरण गरिएको हो ।
हरेक प्रसुति केन्द्रका लागि ३ लियरको सर्जिकल मस्क १५००, हेण्ड स्यानिटाइजर ५०० मि. लि. ५० बोटल, पी.पी.इ. ४० थान, हेण्डग्लब्स ५००० थान सम्बन्धित प्रसुति केन्द्रका प्रमुखलाई हस्तान्तरण गरिएको समाजका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिनुभयो ।
प्रसुति केन्द्रमा २४ सै घण्टा सेवा गर्ने स्वास्थ्यकर्मी कोरोना भाइरसको कारण असुरक्षित रहेको र यसमा कसैको पनि ध्यान नपुगेको, कोरोना भाइरसको कारण स्वास्थ्यकर्मी नै असुरक्षित रहेकाले सर्लाही जिल्लाका प्रसुति केन्द्रमा ३० देखि ५० प्रतिशत प्रसुति गराउने महिलाको संख्यामा कमी आएकोले यस्तो सामग्री सहयोगबाट प्रसुति केन्द्र सम्म आउन मद्दत पुग्ने कार्यकारी निर्देशक भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार शुक्रबार वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, कार्यकारी निर्देशक निरज भण्डारी, कार्यक्रम प्रबन्धक दिवाकर झा लगायत अन्य कर्मचारीहरुको उपस्थितिमा सामाजिक दुरी कायम राख्दै ती सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

आड्रा नेपालले यस अघि सर्लाही जिल्लाका सेखौना, सिमरा, सुन्दरपुर, बगदहमा नया प्रसुती भबन निर्माण र सिसौटिया, पिपरिया, लक्ष्मीपुर, अचलगढ़, डुमरिया र गौरिशंकर प्रसुति केन्द्रमा मर्मत सम्भार र उपकरण सहयोग गरेको थियो ।


1738 पटक हेरिएको 

