
बाजुरा : वाजुरा जिल्लाको वुढीगंगा नगरपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (WASH Plan), पूर्ण सरसफाइ नमूना समुदाय विकासको मार्गदर्शन र पालिका स्तरिय गुणस्तर अनुगमन मार्गदर्शन निर्माण गरी विमोचन गरिएको छ । पालिका स्तरीय कार्यक्रममा वुढीगंगा नगरपालिकाका नगरप्रमूख दीपक विक्रम शाहले ५ वर्षे योजना सार्वजनिकीकरण गर्नुभयो । यसैगरी नगरपालिकाको पूर्ण सरसफाइ नमुना समुदाय विकासको मार्गदर्शन र पालिका स्तरिय गुणस्तर अनुगमन मार्गदर्शन पनि विमोचन गर्नुभयो ।
जि. एस. एफ. यू. एन. ह्याविटाटको सहयोगमा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत योजना निर्माण भएको हो । विना योजना सरसफाइ अभियान सञ्चालनमा अलि कठिन हुने हुँदा योजना वनेपछि कार्यक्रम सञ्चालनमा सहजता हुने नगर प्रमूख दीपक विक्रम शाहले बताउनुभयो । ‘निर्धारित योजना अवधि भित्र लक्ष्य हासिल गर्ने प्रतिवद्धता गर्दछौ र योजनालाई अझ प्रभावकारी वनाउन तिर पनि लाग्नेछौ ।’ उहाँले भन्नुभयो ।
यस्तै वडा तथा समुदाय स्तरमा सरसफाइ अभियान प्रभावकारी भएको र पालिकाको WASH Plan, नगरपालिकाको पूर्ण सरसफाइ नमूना समुदाय विकासको मार्गदर्शन र पालिका स्तरीय गुणस्तर अनुगमन मार्गदर्शनले कार्यक्रम सञ्चालनमा झन सहयोग हुने वुढीगंगा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भूवन सिहं केसीले वताउनुभयो ।


1057 पटक हेरिएको 

