डिपीआरबाट अनुमानित ४२ करोड लागत भएको स्वर्गद्वारी बृहत खानेपानी आयोजनालाई २ वर्षमा सम्पन्न गर्ने गरी सगुन कन्ट्रक्सन कम्पनी प्रालि बुटवलले टेन्डर पारी अहिले ३३ करोडको कार्ययोजना सम्झौता गरेको नगरप्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ , ३, ४ र ९ का गरी करिब १ हजार ६ सय घरधुरीका झण्डै ९ हजार जनसंख्या लाभान्वित हुने उक्त योजनाको निर्माण कार्य अब एक हप्ताभित्रमा सुरू हुने खानेपानी योजनाका इन्जिनियर उत्सव पोख्रेलले जानकारी दिनु भयो ।
स्वर्गद्वारी बृहत पम्पिङ्ग खानेपानीको इन्टेक स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ जिमुरपाटा तल माण्डवि खोलाको बगरमा बन्ने र त्यहाँबाट ६ स्टेपमा अन्य ट्याङ्कीहरू बनेर माथी वडा नम्बर २ का बस्तीसम्म पुराइने आयोजनाका प्रमुख उतुलेश कर्णले बताउनुभयो । कर्णका अनुसार स्वर्गद्वारी नगरपालिकामा आयोजना सम्पन्न हुने विभिन्न स्थानहरूमा गरी जम्मा १७ ओटा पानी ट्याङ्की निर्माण गरी खानेपानी सञ्चालन गरिनेछ ।
खानेपानी आयोजनाबाट स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ का सम्पूर्ण बस्ती , वडा नम्बर ३ का केही बस्ती, वडा नम्बर ४ का धेरै जसो बस्ती र वडा नम्बर ९ का कालिपोखरी , सुखखोला , ठुलोपोखरी , बिसौना , घोरखन्य , लोप , सिम्ले लगायतका बस्तीहरूका परिवार लाभान्वित हुने नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनु भयो ।
खानेपानी आयोजनाको लेआउट :

प्यूठान खबरबाट साभार गरिएको ।


905 पटक हेरिएको 


