विजुलीमा लाग्ने खर्च घटाउन खानेपानीमा सोलार प्यानल

पाल्पा : विजुलीको माध्यमबाट पानी लिफ्टिङ गरी वितरण गर्दै आएको तानसेनको भुल्के खानेपानीमा सोलार प्यानल जडान गरिएको छ । पानी लिफिटङ गर्दा विजुलीमा लाग्ने खर्च घटाउन चार नम्बर पम्पमा १५ किलोवाट क्षमताको सोलार प्यानल जडान गरिएको हो । पाल्पाको भैरवस्थान, बतासेडाँडा क्याम्पस, चापपानी, बराङ्दी र खानीगाउँ क्षेत्रमा समेत सोलार राख्ने विषयमा अध्ययन भइरहेको छ भने बतासेडाँडामा सोलारबाट १०९ किलोवाट बिजुली निकाल्नका लागि समेत अध्ययन भइसकेको बताइएको छ ।

तानसेनभित्र ल्याउने खानेपानीको लागि विजुलीको महसुल अत्यधिक भएकाले यसलाई कमी गराउनका लागि सोलार प्यानल जडान गरिएको लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले बताउनुभयो ।

खानेपानी सहज गराउनका लागि संरचना दिगो बनाउने र बिलिङ घटाउने विषयलाई प्राथमिकता दिइने उहाँको भनाइ थियो । तानसेन खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष भीमसेन कार्कीले भुल्केमा हुने विद्युत् गडबढी र कालीगण्डकीको योजना सञ्चालन हुन ढिलाइ हुँदा पनि खानेपानीको अभाव भएको बताउनुभयो ।

नागरिकलाई खानेपानी सहज ढङ्गले वितरण गर्ने व्यववस्था मिलाउन तानसेन खानेपानी उपभोक्ता समिति सक्रिय हुनुपर्नेमा तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जोड दिनुभयो उहाँले नागरिकले सहजरुपमा खानेपानी नपाउने अवस्था अन्त्य गर्नाका साथै विद्युत्को बिल घटाउन पनि वैकल्पिक ऊर्जाले सहयोग पुग्ने बताउनुभयो ।

प्रदेशका मन्त्री रानाका साथै नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम, बेलायती राजदूतावासका प्रतिनिधि सहितको टोलीले खनेपानीको निरीक्षण गरी सोलार प्यानलको थप सम्भाव्यताबारे छलफल गरेको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, ९नेकपा माओवादी० केन्द्रका जिल्ला संयोजक राजेन्द्र विक, नेकपा एकिकृत समाजवादीका प्रतिनिधि तथा पूर्व सांसद यादवबहादुर रायमाझीलगायतले पानीको समस्याबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार