२० बर्षपछि घरघरै खानेपानी, स्थानीयबासिन्दा हर्षित

जुम्ला: जुम्ला जिल्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ। अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएर धारा निर्माण गरिएको हो।

गाउँका प्रत्येक घरमा धारा निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले अन्त्य भएको छ।

विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको यो गाउँमा धारा बनेसँगै स्थानीयको ठूलो समस्या समाधान भएको छ।

धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । बीस घनमिटरको दुई पानी सङ्कलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानुपर्दैन । समयको समेत बचत भएको जुम्लाकोटका स्थानीय बासिन्दा बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार