भक्तपुरको यी ठाउँमा २४सैं घण्टा निःशुल्क खानेपानी

प्रतिनिधिमूलक तस्बिर

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका – ९ लामाटोलमा २४ सै घन्टा खानेपानीको सुविधा पुगेको छ । नेपाल मजदुर किसान पार्टीका समानुपातिक बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट १० लाख लागतमा खानेपानी निर्माण भएपछि २४ सै घण्टा खानेपानी सुविधा पुगेको हो ।

खानेपानी योजना निर्माण सम्पन्न भएपछि लामाटोलका १८ वटा घरमा २४ सै घन्टा खानेपानी आउँंछ, त्यो पनि निःशुल्क । स्थानीयले खानेपानीको ट्यांकी बनाएपछि खानेपानीको सर्वसुलभ सुविधा पुगेको हो । यसका लागि स्थानीयले दिनरात नभनी ४० हजार लिटरको ट्यांकी बनाएका छन् । जंगलको बीचमा बनाइएको ट्यांकीबाट तल रहेको १८ घरमै पानीको पाइप लाइन जडान गरिएको छ । आफैले इँटा, सिमेन्ट, डन्डी बोकेर बाटोबाट माथिसम्म पुर्‍याएर डकर्मीको सहयोगले ट्यांकी बनाईएको हो । यसअघि उनीहरूले पानीको मुहानबाट ट्यांकीसम्म पानी पुर्‍याउन जंगलै जंगल भएर पाइपलाइन विस्तार गर्न कुलो बनाइ पाइपलाइन बिछ्याएएके स्थानीय मर्साङ तामाङले बताउनुभयो ।

सबै कुराले दुःख भए पनि खानेपानीको लागि अहिले आफूहरूको ठाउँं स्वर्गजस्तै भएको उहाँले बताउनुभयो । ‘जंगलको बीचमा रहेको यो बस्तीमा सबैतिर पानी भए पनि पहिला पानीको समस्या थियो,’ मारसाङले भन्नुभयो ‘तर अहिले पानीको लागि हाम्रो ठाउँं स्वर्ग भएको छ ।’

दैनिक दुई तीन घन्टा लगाएर भक्तपुरको ख्वप कलेज पढन आउने स्मृति तामाङले पानीका लागि यसअघि त्यहाँं स्थानीय बीच झगडा समेत हुने गरेको बताउनुभयो । लामाटोल खानेपानी उपभोक्ता समितिका अध्यक्ष शंकर लामाले नेपाल मजदुर किसान पार्टीबाट समानुपातिकतर्फ बागमती प्रदेश सभा सदस्य सृजना सैंजुको संसद् विकास कोषबाट प्राप्त १० लाख रुपैयाँंबाट यो काम भएको बताउनुभयो। उहाँका अनुसार यसका लागि झन्डै दुई महिना स्थानीयले जनश्रमदान गरेका छन् । खानेपानी ट्यांकीको संघीय सांसद प्रेम सुवालले उद्घाटन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार