एक करोडमा बनेको खानेपानीबाट १ सय ८५ घर परिवार लाभान्वित

  वास खवर सम्वाददाता  663 पटक हेरिएको

लम्जुङ : लम्जुङको मर्स्याङ्दी गाउँपालिकामा एक करोड बढी लगानीमा खानेपानी योजना निर्माण भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनको एक करोड ११ लाख ५७ हजार नौ सय ७८ रुपैयाँ तथा भुलभुले खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र उपभोक्ताले २७ लाख ८९ हजार पाँच सय ४४ रुपैयाँ बराबरको श्रमदान गरी खानेपानी योजना निर्माण सम्पन्न गरिएको हो ।

भुलभुले खानेपानी योजनबाट साविकको भुलभुले गाउँ विकास समितिको वडा नं. १ र २ का १ सय ८५ घरधुरी लाभान्वित भएका छन्। खानेपानी उपभोक्ता समितिका सचिव कृष्णप्रसाद घिमिरेका अनुसार खानेपानीको ओभरहेड ट्याङ्की र एक घर एक धारा व्यवस्थित रूपमा निर्माण गरिएको छ।

खानेपानी योजनाको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले हालै उद्घाटन गर्नुभयो । उहाँले गाउँपालिका भित्रका नागरिकलाई व्यवस्थित र स्वच्छ पानी खुवाउन स्थानीय सँग सधै हातेमालो गरी अधि बढ्ने बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार