दुई आर्थिक बर्षको बजेटबाट बन्यो बाम्राङमा खानेपानी, ४७ घरपरिवार लाभान्वित

४७ घरमा ‘एक घर एक धारा’

  वास खवर सम्वाददाता  568 पटक हेरिएको

खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ चुप्ला स्थित माल्टे खानेपानी योजना निर्माण सम्पन्न भएको छ। प्रदेश १ सरकार खानेपानी, सिँचाई तथा उर्जा मन्त्रालयको ४३ लाखको लागतमा योजना निर्माण भएको हो। खानेपानी योजना सञ्चालनमा आएसँगै चप्लाका ४७ घरधुरी लाभान्वित भएका छन् ।

व्यवस्थित खानेपानीको अभाव झेल्दै आएका चप्लाको बासिन्दाका लागि प्रदेशबाट आर्थिक वर्ष २०७८/०७९ मा ३० लाख र चालु आर्थिक वर्षमा १३ लाख बजेट विनियोजन भएको थियो।

खानेपानी योजनाको केही समय अद्धि प्रदेश १ खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईले उद्घाटन गर्नुभयो ।

चुप्लामा ७ किलोमिटर दुरीमा रहेको माल्टे मुहानबाट पानी ल्याइएको हो । खानेपानी योजनाका लागि १० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्यांकी निर्माण गरिएको प्रदेश खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठले बताउनुभयो । पिउने पानीको अभाव रहेको चुप्लामा एक घर–एक धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् ।

बाम्राङकै खत्रीगाउँ, थापागाउँ र तल्लो दलित टोलमा पनि प्रदेश सरकारबाट चालु आर्थिक वर्ष १५ लाखको खानेपानी योजना सम्झौता भइसकेको छ । यस्तै सुर्के गैरा टोलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ७ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार