
धादिङ : धादिङको गंगाजमुना गाउँपालिकालाई ०८३ चैत १५ गते भित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने गरी लक्ष्य निर्धारण गरिएको छ। शान्ति नेपालको साझेदारीमा भएको दुई दिने पूर्ण सरसफाई अभियान तालिममा वडागत कार्ययोजना निर्धारण गरेको हो ।
गाउँपालिकाको वडा नम्बर ३ लाई एक वर्ष अघि नै सफा र स्वच्छ वडा घोषणा गरिसकेको छ । वडा नं. ३ वागमती प्रदेशको पहिलो सफा र स्वच्छ वडा हो । गाउँपालिका अध्यक्ष भक्त लामाले तोकिएको समय सीमा भित्रै पालिकाले सफा र स्वच्छ पालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कुन वडा कहिले घोषणा गर्ने ?
वडा नम्बर १ ले ०८३ फागुन १५ भित्र
वडा नम्बर २ ले ०८२ चैत्र मसान्त सम्म
वडा नम्बर ३ यस अघिनै घोषण भैसकेको
वडा नम्बर ४ ले ०८२ पुस मसन्त सम्म
वडा नम्बर ५ ले ०८३ जेष्ठ मसान्त सम्म
वडा नम्बर ६ ले ०८३ फागुन १५ सम्म
वडा नम्बर ७ ले ०८३ फागुन भित्रमा
शान्ति नेपालले गंगाजमुना गाउँपालिकाको पालिका स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई पूर्ण सरसफाइ तालिम दिएको हो। त्यसअघि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (वडा वास सीसी) लाई पनि पूर्ण सरसफाइ तालिम दिईएको थियो ।
पालिका स्तरीय पूर्ण सरसफाइ तालिममा वडाअध्यक्षहरु सहित अन्य कार्यपालिका सदस्यहरु समेत सहभागी थिए । तालिमलाई शान्ति नेपालले सहजीकरण गरेको थियो ।

तालिममा शान्ति नेपालका नीति तथा रणनीतिक सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक पीआर शर्मा, परियोजना व्यवस्थापक इन्द्रमान शाक्य, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य प्रमुख सुजन श्रेष्ठ लगायतले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो।


464 पटक हेरिएको 

