तुलसीपुरमा वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन

🔗
9
Shares

दाङ : तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको छ । वडा नं. ६ का वडा अध्यक्ष राजु आचार्यको ५१ सदस्यीय वडा स्तरीय पुर्ण सरसफाइ समिति गठन गरिएको हो ।

पुर्ण सरसफाइ समितिमा वडा नं. ६ का वडा सचिव ज्ञान बहादुर हमाललाई सदस्य सचिवमा छनौट गरिएको छ । गठित समितिले पुर्ण सरसफाइ अभियानलाई सघाउनेछ । पुर्ण सरसफाइ समितिको पहिलो बैठक आउँदो माघ १४ गते बस्ने भेलाले निर्णय गरेको छ ।

 

ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिको आर्थिक तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ र रुकुमेली समाज बिकास केन्द्र रुकुमको सहजीकरणमा तुलसीपुरको वडा नं. ६ मा पुर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार