खानेपानीका डिजी र सचिव जनकपुरमै पुगेर गरे, जनकपुरको सफाइ र पोखरी सौन्दर्यकरणको सम्झौता

जनकपुर : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दास जनकपुर नै गएर जनकपुरको सफाइ र पोखरीको सम्बर्द्धन सम्बन्धी सम्झौता गर्नुभएको छ ।

जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयबीच मंगलवार २ अर्ब १० करोड रुपैयाँको सम्झौँता भएको हो । उक्त रकमबाट जनकपुरको सफाइ तथा पोखरीको सौन्दर्यकरण गरिने सम्झौतामा उल्लेख छ ।

जनकपुरधाम उप–महानगरपालिका र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच ३१ वटा पोखरी र बाह्र विघा अन्तर्राष्ट्रिय स्तरको मैदानको रुपमा विकास गर्नका लागि सम्झौता भएको जनकपुर उपमहानगरपालिकाले जनाएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा २५ का वडाध्यक्ष उमेश यादव र खानेपानी मन्त्रालयका सिडिइ रामकुमार श्रेष्ठ, महानिर्देशक सुनिलकुमार दास र आयोजना तर्फवाट इन्जिनियर सुधिरकुमार साहले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । आयोजना प्रमुख विद्यानाथ भट्टराई र मेयर लाल किशोर साहले सम्झौताको प्रमाणीकरण गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार