कालिकोटको पिली छाउगोठमुक्त

कालिकोट : सशस्त्र द्वन्द्वको अन्तिम फौजी आक्रमणमा परेको कालिकोटको खाँडाचक्र ७, दाहाको पिली गाउँ छाउगोठमुक्त भएको छ । पिलीका बासिन्दाले छाउगोठमा नबस्ने प्रतिबद्धता सहित बुधबार पिली गाउँलाई छाउगोठमुक्त घोषणा गरेका हुन् ।

वडाध्यक्ष रजबहादुर मल्लको अध्यक्षतामा संघीय संसद सदस्य दुर्गबहादुर शाही र प्रदेश सदस्य कुर्मराज शाही, खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे, उपप्रमुख विजया विष्ट लगायतको उपस्थितिमा पिलीलाई छाउगोठमुक्त घोषणा गरिएको हो ।

छाउ हुँदा पनि घरमै सुत्छन, पिलीका महिला

चौध वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भएपछि गोठमा बस्न सुरु गरेकी तलसेराकी जमुना मल्लले गत फागुनदेखि गोठ छाडेर घरमा बस्न थाल्नुभएको छ । गोठमा बस्दा सधैं सर्पले टोक्छ कि भन्ने डर हुने सुनाउँदै मल्लले गोठ छाडेर घर बस्न थालेपछि ढुक्कले सुत्न पाएको बताउनुभयो ।

जमुना मात्र होइन, पिलीका हरेक महिला छाउगोठ छाडेर घरमै बस्न थालेका छन् । छाउगोठ छाडेर घर बस्न थालेपछि महिला पनि खुसी छन् ।  ।

गोठ छाडेर घर बस्दादेउता रिसाउँछन्, घरपरिवार र आफैं बिरामी परिन्छ भन्ने सुनेका पिलीका सबै महिला अचेल गोठ छाडेर घरमा बस्न थालेका हुन् । डेढ वर्षअघि चुनाव जितेपछि सबै जनप्रतिनिधि सहितले पिलीलाई छाउगोठमुक्त घोषणा गर्न अभियान चलाउने निर्णय गरेका थिए ।

निर्णय अनुसार घरदैलो, सडक नाटक, चेतनामूलक कक्षा सञ्चालन गरेर सबैलाई सुरक्षित रूपमा घरमै बस्ने वातावरण सिर्जना गरेको अभियानकर्ता दमिला शाहीले बताउनुभयो ।

कालीकोटका बरातु, जिम्जेडी, कोटिला, दाहाको घोडना, राताडाब, पाखा, दशाला, फोइमहादेव, राचुलीलगायत दर्जन गाउँ छाउगोठमुक्त घोषणा भइसकेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार