रारा जाने बाटोको हरेक सय मिटरमा डस्टबिन

कालिकोट – राराताल जाने बाटोमा डस्टविन राख्ने भएको छ । हरेक सय मिटरको दूरीमा ४० वटा डस्टबिन राख्ने र रारासम्म करिब सात किलोमिटरमा सरसफाइ गरी फोहर व्यवस्थापन गर्ने भएको हो ।

होटल हिल साईट कालिकोटका संचालक तथा युवा उद्यमी शर्मराज शाहीले कालिकोटको मान्ममा पत्रकार सम्मेलनको आयोजना गरी रारा सफाइ अभियान बारे जानकारी गराउनुभएको हो ।

प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुले रारालाई दुर्गन्धित बनाएकाले भोलि मंसिर १६ र १७ गते राराको वरिपरि सरसफाइ गर्न लागिएको होटल उद्यमी शाहीले बताउनुभयो । पहिलो चरणको सरसफाइ अभियान रारा प्रश्चात मानममा पनि सञ्चालन गरिने उहाँले बताउनुभयो ।

पर्सि मंसिर १७ गते भने जनप्रतिनिधि, स्थानीयवासी र विज्ञ बीच अन्तरक्रियात्मक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि २ हजार ९७२ मिटर उचाईमा रहेको राराबाट शुभारम्भ गरिने उक्त अभियानको संयोजन होटल हिलसाईड कालिकोट र नेपाल पत्रकार पत्रकार संघ, स्थानीय तहका प्रतिनिधिका साथै पर्यटन व्यवसायीको सहकार्य र समन्वयमा गर्ने भएको छ । राराको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ तीन किलोमिटर छ भने गहिराइ १६७ मिटर रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार