खानेपानी संस्थानका कर्मचारी आन्दोलित

२४ वटै शाखा कार्यालय घेराउ

काठमाडौं : नेपाल खानेपानी संस्थानका कर्मचारी आन्दोलित भएका छन् । संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने, रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने लगायत माग राखेर संस्थानका कर्मचारी विगत १५ दिनदेखि आन्दोलनमा छन् ।

मंसिर २ गतेबाट संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरमा जारी आन्दोलनबाट कर्मचारीका माग पूरा नभएपछि मंसिर १० गतेदेखि संस्थानको २४ वटै शाखा कार्यालयमा घेराउ गरिएको संयुक्त कर्मचारी संघर्ष समितिका संयोजक रामजी अर्यालले जानकारी दिनुभयो । संस्थानमा ३५० करार र २ सय स्थायी कर्मचारी कार्यरत छन् ।

यी हुन् मुख्य मागहरु

– संस्थानमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी हुनुपर्ने

– रिक्त सञ्चालक समितिको अध्यक्ष मन्त्रालयबाट नियुक्ति गरिनुपर्ने

– संस्थानमा हुने अनियमितता रोक्नुपर्ने

– राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने

– २०६६ सालमा खोलिएको विज्ञापनको पूर्ण कार्यान्वयन हुनुपर्ने

– सर्वोच्च अदालतको फैसला कार्यान्वयन गरिनुपर्ने

– संस्थान दुहुनो गाई हुनबाट जोगाउनुपर्ने

 

संस्थानको कार्यक्षेत्र भद्रपुर, धरान, विराटनगर, राजविराज, लहान, जनकपुर, जलेश्वर, गौशाला, विरगन्ज, गौर, मलंगवा, कलैया, पोखरा, बुटवल, भैरहवा, कृष्णनगर, तौलिहवा, बहादुरगन्ज, धनगढी, नेपालगन्ज, महेन्द्रनगर, हेम्जा, बनेपा, मिनरलवाटर कार्यालयमा १ घण्टा धर्ना दिएको संघर्ष समितिका संयोजक समिर पण्डितले जानकारी दिनुभयो ।

आइतबार पोखरामा धर्नापछि भएको कोणसभामा संघर्ष समितिका सूचना अधिकारी केदार धमलाले कर्मचारीको एकताले मात्र आन्दोलन सफल हुने धारणा व्यक्त गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार