काठमाडौ : खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत पत्रकारहरुको छाता संगठन वास मिडिया फोरम नेपाल, विधिवत रुपमा दर्ता भएको छ । गत असारमा गठन भएको वास मिडिया फोरमको तदर्थ समिति जिल्ला प्रशासन कार्यालय काठमाडौमा विधिवत रुपमा दर्ता भएको हो ।
विभिन्न सञ्चार माध्यममा रही वास क्षेत्रमा कलम चलाउदै आएका पत्रकारहरुको भेलाले मनिषा कुमारी अवस्थीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको थियो ।
पत्रकारिताको माध्यमबाट खानेपानी तथा सरसफाइ क्षेत्रका बिषयहरुलाई उजागर गर्ने, सुरक्षित खानेपानी पिउन पाउने र स्वच्छ वातावरणमा जिउन पाउने नागरिकको संविधान प्रदत्त अधिकार प्राप्तिका लागि नागरिकलाई सुसुचित गराउने र राज्यलाई झक्झक्याउने उद्देश्यले वास मिडिया फोरम गठन गरी दर्ता गरिएको फोरमकी अध्यक्ष मनिषाकुमारी अवस्थीले जानकारी दिनुभयो ।
फोरमले खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा कार्यशाला गर्ने, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, खानेपानी र सरसफाइ क्षेत्रका विज्ञ र उपभोक्ता बीच छलफल तथा अन्तरक्रिया गर्ने जनाएको छ ।
फोरमले पहिलो चरणमा सातै वटा प्रदेशमा प्रदेश स्तरीय वास मिडिया फोरम गठनका लागि सहजीकरण गर्ने र भविश्यमा हरेक जिल्लामा जिल्ला स्तरीय वास मिडिया फोरम गठन गर्ने जनाएको छ ।
तदर्थ समितिका पदाधिकारीहरु :
अध्यक्ष – मनिषाकुमारी अवस्थी
उपाध्यक्ष – नवीन पल्लव
महासचिव – पी.टी.लोप्चन
सचिव – सम्झना महर्जन
कोषाध्यक्ष – पुरुषोत्तम भारध्वज
सदस्यहरु
कमल राना
रुपचन्द्र महर्जन
सुजाता खत्री
गगन अर्याल


2378 पटक हेरिएको 

