भक्तपुर : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले भक्तपुर र काभ्रेको सिमाना साँगामा बसेर सार्वजनिक गाडी र नगरपालिकाका मेयरलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभएको छ ।
भक्तपुर र काठमाडौंको सिमाना मनोहरा पुलबाट गएको ६ गतेबाट सुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा उहाँले डस्टबिन वितरण गर्नुभएको हो ।
सडकमा फोहोर नफाल्न र यातायातका साधन भत्रै फोहोर संकलन गर्न मन्त्री बस्नेत र प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सार्वजनिक बसलाई फोहोर संकलन गर्ने डस्टबिन वितरण गर्नुभएको हो ।
त्यस्तै मध्यपुरथिमी नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका र काभ्रेको बनेपा नगरपालिकालाई पनि फोहोर संकलन गर्ने डस्टबिन वितरण गरिएको छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमुना अभियान भएको बताउँदै अबको तीन महिनाभित्र भक्तपुरमा धुलो समेत नउड्ने गरी सफा हुने दावी गर्नुभयो ।
अरनिको राजमार्गखण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसलहरु विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षहरुलाई निर्देशन दिदै उहाँले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम सुरु हुने बताउनुभयो ।


860 पटक हेरिएको 

