खानेपानी मन्त्रीद्वारा फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, अब ७ महिनामा काम सम्पन्न हुने

🔗
4
Shares

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ ।


खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन्त्री मगरले निरीक्षण गर्नु भएको हो । दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गरि शुद्धीकरण गर्ने उदेश्यले यो आयोजना अघि बढाइएको छ ।


पानी शुद्धीकरण गरेर बाग्मतीमा मिसाइने भएकाले यसबाट काठमाडौं उपत्यकामा सिचाइ र सरसफाइको क्षेत्रमा ठुलो उपलब्धि हासिल हुने आयोजनाका प्रमुख तिरेश बहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार, अहिले यो प्रशोधन केन्द्रको भौतिक कार्य करिब ८० प्रतिशत सम्पन्न भएको छ ।


सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ ।


यो प्रशोधन केन्द्रको कार्य सकिए पछि यसबाट करिब ३ मेगावाट बिजुली र मल उत्पादन हुने बताइएको छ । यो प्रशोधन केन्द्रको निर्माण कार्य भारतको चेन्नई स्थित भि टेक वाबाग कम्पनीले गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार