नगर र वडालाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र

 862 पटक हेरिएको

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र वडाहरुलाई एकैपटक खुलादिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरिएको छ ।

खुला दिसामुक्त वडा घोषणा गरेर पनि प्रमाणपत्र वितरण गर्न बाँकी वडालाई खुला दिसामुक्त घोषणा भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूलाई आइतबार नगर खुला दिसामुक्त क्षेत्र घोषणाको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।


जिसस प्रमुख केसीले ‘चर्पीमा मात्रै दिसापिसाव गर्छौ र दिसा गरिसकेपछि साबुन पानीले हात मिचीमिची धुनेछौँ’ जस्ता वाक्यांश वाचन गराई कार्यक्रममा उपस्थित सबैलाई शपथ खुवाउनु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार