महिला शौचालयमा प्रधानाध्यापक भेटिएपछि ……..

 1259 पटक हेरिएको
🔗
2
Shares


काठमाडौ : साँझको पाँच बजेतिर बिद्यालयको महिला शौचालयमा हस्याङ फस्याङ गरेर एकजना अधबैसे पुरुष सफा गरिरहेको दृश्य मेरो नजरमा प-यो म एक टक हेरिरहें, चिनेजस्तो लागेर छेउमै गए ।

मैले नमस्कार गरें उहाँले मेरो चेहरा नहेरी नमस्कार फर्काउँदै आफनो काम गरिरहनु भयो । उहाँ शौचालय छेउको बेसिन सनाक–सिनिक पार्दै व्यस्त रहनुभयो । आफ्नो हतारो देखाउँदै भन्नुभयो ‘फोहोर भो नि माया लाग्छ के गर्ने ?’

उहाँ भिमसेनगोला माद्यमिक विद्यालयका प्रधानाध्यापक गणेश राई हुनुहुन्थ्यो । भिमसेनगोला सामुदायिक विद्यालय हो । यो नयाँ बानेश्वरको विआइसिसिको पछाडी देउराली क्लबको ठ्याक्कै अघिल्तिर पर्दछ । उमेरले ५० नाघिसकेका राई निक्कै जोशिला हुनुहुन्छ । उहाँले शिक्षण गर्न थाल्नुभएको २५ वर्ष बितिसकेछ ।

उहाँको अनुहारमा खुसी बलिरहेको छ । आफ्नै काममा दत्तचित्त राई मतिर पुलुक्क फर्केर हेर्दै भन्नुभयो ‘ल तपाइको के छ ? सकिहाल्नुस त, उहाँको काम हेर्दा यस्तो लाग्थ्यो कि मानौ कोही आफ्नो घर आँगन मझेरी सफा गरिरहेछ । हुन पनि गणेश राई अहिले विद्यालयलाई आफ्नै घर सम्झिनुहुन्छ र बिद्यालयका बालबालिकालाई आफनै छोराछोरी ।

‘तपाई विद्यालयलाई कति समय दिनुहुन्छ ?’ जिज्ञासामा राईले भन्नुभयो ‘विहान जुरुक्क उठेर यही विद्यालय आउँछु र बेलुकी ७ बजेतिर मात्रै घरभित्र पस्छु । विगत सम्झदैं राई भन्नुहुन्छ ‘मायां लाग्छ नि हौउ, दुःखले बनाको छु’

हुन पनि राइै जीवनको उत्तरार्धमा बर्षौ अगाडिको पेशासँग अहिले पनि एकोहोरो दुख–सुख साटिरहनुभएको छ ।

हाम्रो पाठयक्रमले फोहोर फाल्ने बस्तु हो भनेर सिकाउँछ । फोहोर व्यवस्थापन गर्नु तपाइ हाम्रो पनि दायित्व हो भन्ने यति गतिलो उदाहरण बन्नुभएको छ हेड सर राई । उहाँ विशुद्ध प्रधानाध्यापक मात्रै हुनुहुन्न, उहाँ आफना विद्यालयका बालबच्चाको कामलाई सम्मान गर्नुपर्छ भन्ने संस्कार सिकाउने प्रिय अभिभाबक पनि हुनुहुन्छ ।

विद्यालयका शिक्षक परिवारका साथ प्रधानाध्यापक गणेश राई ।

Greencitypost बाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार