विद्यालय वास सुविधाको स्वमूल्याङ्कन, वर्गीकरण र प्रमाणीकरण कसरी गर्ने प्रक्रिया थाहा पाईराखौं

 2426 पटक हेरिएको

काठमाडौ : विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधिले विद्यालय खानेपानी, सरसफाइ र स्वच्छताको स्वमूल्याङकन, वर्गीकरण र प्रमाणीकरण विद्यालय आफैले गर्न सक्ने व्यवस्था गरिएको छ । कार्यविधिको परिच्छेद ५ मा यस सम्बन्धी प्रक्रियाको व्याख्या गरिएको छ ।

कार्यविधि अनुसार तोकिएको सूचकहरुको आधारमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले शैक्षिक सत्र सुरु भएको दुई महिना भित्र स्वमूल्याङ्कन गर्नुपर्दछ ।


– समितिले आफ्नो राय सहित स्वमूल्याङ्कन फाराम विद्यालय व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ ।
– विद्यालय व्यवस्थापन समितिले आफ्नो राय सहित स्वमूल्याङ्कन फाराम प्रमाणीकरणका लागि सम्बन्धित गाउँपालिका वा नगरपालिका स्तरीय शिक्षा समिति समक्ष पेश गर्नेपर्नेछ ।


– लगातार दुई पटकको बार्षिक समीक्षामा कुनै विद्यालयले तीन ताराको अवस्थालाई कायम राख्न सफल भएमा सम्बन्धित गाउँ/नगरपालिका स्तरीय शिक्षा समितिले त्यस्ता विद्यालयलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न सक्नेछ ।


प्रमाणीकरण गर्ने प्रक्रिया


समितिले शैक्षिक सत्र शुरु भएको दुई महिनाभित्र अनुसूचि १ अनुसारको सूचकहरुको आधारमा अनुसूची २ अनुसार स्वमूल्याङ्कन गरी राय सहित गाउँ वा नगर शिक्षा समितिमा प्रमाणीकरणका लागि विद्यालय व्यवस्थापन समिति समक्ष पेश गर्नुपर्नेछ ।


प्राप्त प्रतिवेदन विद्यालय व्यवस्थापन समितिले एक महिनाभित्र प्रमाणीकरणका लागि गाउँ वा नगर शिक्षा समिति समक्ष पठाउनुपर्नेछ । गाउँ वा नगर शिक्षा समितिले अनुगमन मूल्याङ्कन गरी तारा निर्धारणको प्रमाणीकरण गर्नेछ ।


गाउँ वा नगर शिक्षा समितिले सोको प्रतिवेदन गाउँपालिका वा नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा पठाउनुपर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार