सुसन सापकोटा विज्ञान
चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ ।

चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विकास केन्द्रद्वारा सञ्चालित समुदायमा आधारित उत्थानशील एवं दिगो खानेपानी सरसफाइ एवं स्वच्छता परियोजना अन्तर्गत किशोरीहरुलाई तालिम दिइएको हो ।

महिनावारी स्वच्छ्ता व्यवस्थापन सम्बन्धी दिइएको तालिमबाट भविष्यमा महिनावारीकै कारण विद्यालय छाड्नुपर्ने बाध्यता किशोरीहरुमा नरहोस र महिनावारीलाइ सुरक्षित तरिकाले व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भविष्यमा स्थानिय स्तरमा किशोरीहरुले सस्तो मुल्यमा प्याड किन्न सक्ने वातावरण सिर्जना गर्न पनि तालिम प्रदान गरिएको संस्थाका चौरीदेउराली संयोजक शिव प्रसाद लामिछानेले बताउनुभयो ।

महिनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसक्दा महिनामा पाँच देखि सात दिनसम्म किशोरीहरु विद्यालय अनुपस्थित हुने गरेका थिए । उहाँले महिनावारी स्वच्छ्ता व्यवस्थापन सम्बन्धी क्रियाकलापमा सबै किशोरीहरुलाइ सहभागी गराउन सके यस्ता समस्या क्रमशः कम हुँदै जाने बताउनुभयो ।


1424 पटक हेरिएको 

