काठमाडौ : सरकारले सबै विद्यालयमा खानेपानी, सरसफाइको सुविधा एवम् स्वच्छता प्रबर्धनमा एकरुपता ल्याउन विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ ।
बालबालिकाहरुको विद्यालयमा उपस्थित हुने दरमा बृद्धि गरी सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न विभिन्न निकायको भूमिका पनि निर्धारण गरिएको छ ।
विद्यालयमा खानेपानी तथा सरसफाइ प्रबर्धनका लागि प्रधानाध्यापकको भूमिका :
– खानेपानी, सरसफाइ तथा स्वच्छता योजना तर्जुमा, समन्वय, सञ्चार र कार्यान्वयन गर्न समितिलाई सहयोग गर्ने ।
– समितिले तयार गरेको योजना तथा प्रस्तावित कार्यक्रमलाई विद्यालय स्तरीय सुधार योजनामा समावेश गर्ने ।
– खानेपानी र सरसफाइमा तीन ताराको अवस्था हासिल गरी यसलाई कायम राख्न आवश्यक व्यवस्था गर्ने ।
– विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबद्र्धन सम्बन्धी अतिरिक्त क्रियाकलपाहरु सञ्चालन गर्ने ।
– कार्यरत शिक्षक मध्ये उपलब्ध भएसम्म एक जना महिला शिक्षकलाई विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्पर्क शिक्षक तोक्ने ।
– विद्यालयले विषयसँग सम्बन्धित नियमित शिक्षण सिकाई गर्दा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विषय समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउने ।


1278 पटक हेरिएको 

