विश्व पानी र मौसम दिवस सप्ताहव्यापी मनाईने, यस्ता छन् हप्तैभरिका कार्यक्रम

 

काठमाडौ : सरकारले दुई अन्तर्राष्ट्रिय दिवसहरु ‘बिश्व पानी दिवस र बिश्व मौसम’ दिवसको सन्दर्भ पारेर राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउने भएको छ ।

नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा यही चैत्र ३ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको हो । यसका लागि सचिवालयका सचिव देवेन्द्र कार्कीकोे अध्यक्षतामा २५ बढी सरकारी तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैरसरकारी संघ संस्था तथा निजी र प्राज्ञिक क्षेत्रका प्रतिनिधी सम्मिलित राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समिति गठन गरिएको छ ।

स्वच्छ पानीको महत्व तथा बदलिंदो जलवायु र स्थानीय मौसममा त्यसको असरबारे जनचेतना फैलाउने र जलश्रोत तथा त्यसको दिगो व्यवस्थापनबारे सर्वसाधारणदेखि नीति निर्माण तहसम्मको ध्यानाकार्षण गराउने उद्देश्यले हरेक बर्ष विश्व पानी दिवस र विश्व मौसम दिवस मनाउदै आएको छ ।

विश्व पानीको दिवसको यसबर्षको नारा ‘Leaving no one behind’ अर्थात कोही पछि नछुटुन् भन्ने तय गरिएको छ । यस्तै विश्व मौसम दिवसका लागि ‘The Sun, The Earth and the Weather’ अर्थात मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम तय गरिएको छ ।

मूल आयोजक समितिले माध्यमिक विद्यालय तहमा विद्यार्थीहरुको बीचमा ‘सबैका लागि पानी’ शीर्षक अन्तर्गत रहेर चित्रकला प्रतियोगिता सम्पन्न गरिसकेको छ । चित्रकलाका विजेताको परिणाम सो सप्ताहमै घोषणा गरिने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले जनाएको छ ।

दिवसको अवसरमा आयोजना गरिने सप्ताहव्यापी कार्यक्रमहरु :

चैत्र ३ गते – सप्ताहको पहिलो दिन माइतीघर मण्डलाबाट बिहान ८ बजे जावलाखेलसम्म जलयात्राको रुपमा प्रभातफेरी ।
जावलाखेलमा रहेको जलश्रोत तथा सिंचाइ बिभागको सभाकक्षमा जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनबाट सप्ताहब्यापी कार्यक्रमको उदघाटन ।

चैत्र ४ गते – नेपालमा भूमिगत जलश्रोतको दिगो व्यवस्थापनका चुनौती र अवसरबारे राष्ट्रिय गोष्ठी ।

चैत्र ५ गते – तीन वटा कलेजमा १२ कक्षाका विद्यार्थीहरु बीच वाटर क्याफे आयोजना गरी पानी र मौसमका बारेमा अन्तरक्रिया ।
सोही दिन जलस्रोत र वातावरण सम्बद्ध मिडियाकर्मीसँग मिलेर “Media Interaction on Climate Change and
Water Resources” गोष्ठी हुने

चैत्र ७ गते – स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी उनीहरुले गरेका अनुसन्धान तथा विषयगत क्षेत्रका विज्ञलाई निमन्त्रणा गरी पानी तथा मौसमका बारेमा बौद्धिक गोष्ठी Graduate Conference on Water को आयोजना गरिने ।

चैत्र ८ – बिश्व पानी दिवसका दिन जल तथा ऊर्जा आयोगको सचिवालयको तत्वाधानमा ‘कोही पछि नछुटुन्’ (Leaving no one behind) नारा सहित विषयगत राष्ट्रिय गोष्ठीको आयोजना गरिने ।

चैत्र ९ गते – विश्व मौसम दिवसका दिन मौसम विज्ञान विभागको तत्वाधानमा मौसम सम्बन्धी ‘मेरो सूर्य, मेरो पृथ्वी र हाम्रो मौसम’ नारा सहित बिषयगत राष्ट्रिय गोष्ठी गरिने ।

गोष्ठी पश्चात घोषणापत्र जारी गर्दै नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह कार्यक्रम समापन गरिने नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह आयोजक समितिले जनाएको छ ।

ि


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार