कैलाश विकास बैंकद्वारा डस्टबिन वितरण

कास्की : कैलाश विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका–७ रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टबिन बितरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका – ७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा बैंकका कर्मचारी र स्थानीय बासिन्दाको सहभागितामा बैंकले हालै डस्टबिन वितरण गरेको हो ।

डस्टबिन वितरणबाट स्वस्थ र सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुग्नुको साथै पैदल यात्रीलाई समेत फोहोर व्यवस्थापन गर्न मद्दत मिल्ने कैलाश विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताउनुभयो ।

उहाँले आगामी दिनमा समेत सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । बैंकको हालसम्म शाखा संख्या ९२ पुगेका छन् भने एटीएम संख्या ३४ पुगेका छन् । निकट भविष्यमा देशका विभिन्न ५ स्थान शाखा सञ्चालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार