सगरमाथाको ७ हजार २८ मिटर उचाइमा इको शौचालय बन्ने

बेइजिङ : चीनले सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा इको शौचालय निर्माण गर्न लागेको हो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउने भएको छ ।

शौचालयमा मानव शौच जम्मा गरिने र पर्वतको तल ल्याइने तिब्बती पर्वतारोहण एसोसिएसनका उपमहासचिव पेमा टिनली जानकारी दिनुभयो । उहाँका अनुसार यो अस्थायी शौचालयलाई सिजन समाप्त भए लगत्तै हटाइनेछ ।

गत वर्ष सगरमाथाको ५ हजार २ सय मिटरको उचाईमा रहेको उत्तरी आधार शिविरमा इको शौचालय निर्माण गरेको थियो । शिविरबाट दैनिक दिसा जम्मा गरेर मलको रूपमा प्रयोग गरिन्थ्यो ।

चीनले जुन ठाउँमा वातावरणमैत्री शौचालय बनाउन गइरहेको छ, नेपालका इन्जिनियरहरूले पनि दक्षिणी आधार शिविरमा बायोग्यास प्लान्ट बनाउने विचार गरिरहेका छन् । अहिले भने हरेक पर्वतारोहण टोलीले शौचालयमै ड्रम जडान गरी दिसापिसाब जम्मा गर्दै आएका छन् । ड्रम भरिएपछि सगरमाथा भन्दा करिब ३÷४ किलोमिटर वर लबुचे भन्ने ठाउँमा दिसा पिसाबको व्यवस्थापन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार