पूर्ण सरसफाइ वडा घोषणा गर्न स्वस्थ घर सर्वेक्षण समितिको भूमिका

काठमाडौ : खुला दिसामुक्त घोषणा भइसकेको वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सरसफाइका विभिन्न चरण पार गर्नुपर्छ । यस्तो कार्य वडा स्तरमा ‘वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समिति’ ले गर्दछ ।

यो समिति सहयोगी संस्थाबाट खटिएका कर्मचारीहरुले सम्बन्धित भीवाससीसी तथा एमवाससीसी सँग समन्वय गरी गठन गरिन्छ ।

यसरी गठन गर्नुहोस्, वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समिति

— यो समिति पाँच देखि ७ जना सम्मको हुनेछ ।

— समितिमा १ जना संयोजक र अन्य सदस्य रहनेछन् र समितिमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्नेछ ।

— समितिलाई समावेशी बनाउनु पर्ने छ ।

— मूल्याङ्कन समिति वार्ड वाससीसीको सक्रिय सहभागिता तथा भीवाससीसी तथा एमवासीसीको समन्वयमा गठन गरिन्छ ।

वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङन समितिले गर्नुपर्ने काम :

— समितिले स्वस्थ घर सर्वेक्षणमा खटिने वास मोटिभेटर, वास ट्रिगरर, वास प्राविधिक, भीएचपी, सरसफाइ सम्पर्क व्यक्ति तथा युवा पूर्ण सरसफाइ समितिलाई आवश्यक सहयोग तथा सल्लाह प्रदान गर्नुपर्नेछ ।

— समितिले स्वस्थ घर सर्वेक्षण गरिसकेपछि सो को फारम तथा प्रतिवेदन सुरक्षित राख्नुपर्नेछ ।

— समितिले स्वस्थ घर सर्वेक्षण फारम तथा उल्लेखित सूचकका आधारमा घरहरुको बर्गीकरण गरी ‘क’ वर्ग, ‘ख’ वर्ग र ‘ग’ वर्गको घरको पहिचान गर्नुपर्नेछ ।

— यसरी पहिचान गरिएका घरहरुमा क्रमशः हरियो, पहिलो र रातो स्टिकर उपलब्ध गराई टाँस गर्नुपर्नेछ ।

— र वडाका सबै घरमा हरियो स्टिकर टाँस गर्न योग्य भएपछि उक्त वडालाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्नका लागि भीवाससीसी तथा एमवाससीसीलाई अनुरोध गर्नुपर्नेछ ।

स्वस्थ घर सर्वेक्षण फारम :

ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले तयार पारेको स्वस्थ घर सर्वेक्षण निर्देशिकाबाट । 

गाउँपालिका नगरपालिका वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङकन समिति गठन तथा कार्यान्वयन प्रक्रिया सम्बन्धी सामग्री अर्को अंकमा । वास खबर हेर्दै गर्नुहोला ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार