वास सहजकर्तालाई खानेपानी सुरक्षा योजना तालिम

 

मिर्चैया, सिरहा : वेल्ट हंगर हिल्फे (Welthungerhilfe) को आयोजना तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग/सहजीकरणमा सिरहामा चार दिने जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

सिरहाका तीन वटा नगरपालिकाहरु सिरहा, कर्जन्हा र कल्याणपुरमा सञ्चालित वास परियोजनाका कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको संस्थाका जिल्ला परियोजना संयोजक पदम लम्सालले वताउनुभयो ।

तालिममा जलवायु उत्थानशील खानेपानी सुरक्षा योजनाको परिचय, यसका चरणहरु, राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०६२ का मुख्य – मुख्य विषय तथा यसले निर्धारण गरेका पारामितिहरुको परिचयका बारेमा सहजीकरण गरिएको थियो । यस्तै एन्फो किटबाट पानी परीक्षण गर्ने विधिको बारेमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।

तालिममा वेल्ट हंगर हिल्फेका साझेदार संस्थाहरु सवल नेपाल र आरआरएनका गरी ३१ जनाको सहभागिता थियो । तालिमको सहजीकरण एन्फोकी तालिम अधिकृत शोभा राना मगर र देबेन्द्र खड्काले गर्नु भएको थियो ।

खुलादिसामुक्त जिल्ला घोषणा भए पश्चात सुरक्षित पिउने पानी तथा आधारभुत सरसफाइको अधिकारलाई सुनिश्चित गर्न स्थानीय सरकारसँगको सहकार्यमा सक्रिय रुपमा कार्यक्रमहरु सञ्चालन भइरहेको आयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार