आँगनकै धाराले दैनिकी सहज

लमजुङ : लमजुङको मर्स्याङदी गाउँपालिका ९ भलामचौरका स्थानीयलाई आँगनमै पानीको धारा जडानपछि सहज भएको छ । खानेपानीकै लागि खोला र कुवामा धाउन बाध्य भएका गाउँलेको आँगनकै धारामा खानेपानी आउन थालेपछि जीवनयापन नै परिवर्तन भएको छ ।

कुवामा गएर पानी ल्याउँथ्यौं’ उहाँले भन्नुभयो, ‘पहिलेको भन्दा अहिले कति हो कति आनन्द । घरमै पानी । सफा पानी । जतिबेला पनि पानी ।’

अहिले स्थानीयलाई खानेपानीका लागि पहिलेको जस्तो समस्या छैन । स्थानीय ६६ बर्षीया हेमकुमारी गुरुङका अनुसार खानेपानीका लागि १/२ घण्टा लगाएर कुवा तथा खोलामा जानेआउने गर्नुपथ्र्यो । भनेको समयमा काम सकाउन मुस्किल हुन्थ्यो । उहाँले भन्नुभयो–‘अहिले आँगनमै धारा छ । पानी अटुटै आइरहन्छ । पानी भर्न जाने कामले अर्को काम भ्याएको छ ।’

भलामचौरमा गोर्खा वेल्फेयर स्कीम एरिया वेल्फेयर सेन्टर लमजुङको आर्थिक सहयोगमा भलामचौर–म्रिचे खानेपानी आयोजना सम्पन्न भएको हो । आयोजनामार्फत भलामचौर, सिम्पानी र म्रिचे गाउँमा गरी १ सय ४ धारा जडान गरिएको छ ।

स्थानीय लुकुमारी गुरुङका अनुसार यसअघि गाउँभरी ५ वटा धारा थियो । जसोतसो त्यही धाराबाट काम गरेपनि पर्याप्त मात्रामा पानी प्रयोग गर्न पाएको थिएन । ‘घर धेरै । पानीको धारा थोरै । कुनै समय त पानी आउने नै थिएन ।

कुवामा गएर पानी ल्याउँथ्यौं’ उहाँले भन्नुभयो, ‘पहिलेको भन्दा अहिले कति हो कति आनन्द । घरमै पानी । सफा पानी । जतिबेला पनि पानी ।’

गाउँमा घर संख्या धेरै र खानेपानीको धारा कम भएपछि स्थानीयले वेल्फेयरसंग सहयोग मागेका थिए । स्थानीयको आवश्यकता अनुसार खानेपानी आयोजना सञ्चालन गरेर स्थानीयलाई खानेपानीको पहुँच पु¥याइएको वेल्फेयरले जनाएको छ ।

गाउँ माथि घले उत्तरकन्या घलेगाउँको मूलबाट पानी ल्याएर धारामा जडान गरिएको स्थानीयले बताएका छन् । स्थानीय रितुमाया गुरुङले घरैपिच्छे धारा जडान भएपछि तरकारी तथा खेतीपाती गर्न सहज भएको बताउनुभयो । ‘पहिले त पिउने पानी पाउन गाह्रो थियो । कहाँ तरकारीमा हाल्न पाउने’ उहाँले भन्नुभयो, ‘अहिले त घरायसी काममा प्रयोग गरेर पनि तरकारी खेतीमा समेत पानी हाल्न पाएका छौं । गाईवस्तुलाई खुवाउन पनि उत्तिकै सहज भएको छ ।’

२०७२ बैशाख १२ को भूकम्पले गाउँमा खानेपानीको मूल सुकाएपछि समस्या भएको र खानेपानीका लागि पहल थालिएको हो । अहिले ६ वटा खानेपानीको ट्याङ्कीमार्फत गाउँमा पानी ल्याइएको छ । सामूहिक धारामा भनेको समयमा पानी नपाउने भएपनि अहिले घरघरैमा जडान गरिएको धारामा जुनसुकै समयमा पनि पानी प्रयोग गर्न सकिएको स्थानीय तेजबहादुर गुरुङले बताउनुभयो ।

खानेपानीको धारा घरसम्म ल्याउनका लागि स्थानीयले श्रमदान समेत गरेका छन् । मिटरबक्स ल्याउने र धारा जडानको काम स्थानीय आफैंले गरेका हुन् । गोर्खा वेल्फेयर स्किम, एरिया वेल्फेयर सेन्टर र जनश्रमदान गरी करिव ८० लाख रुपियाँ खानेपानी आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष रत्नबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार २९ लाख रुपियाँ जनश्रमदान रहेको छ । अन्य वेल्फेयरको सहयोग गरेको हो । मस्र्याङ्दी गाउँपालिकाले साँढे ७ लाख रुपियाँ सहयोग गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार