सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेटमै व्यवस्था

काठमाडौ : सरकारले देशैभरिका सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट मार्फत सरकारले स्यानिटरी प्याड वितरण गर्न पर्याप्त बजेट बिनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो ।

यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन समेत बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमा सरकारले सो कार्यका लागि १ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री खतिवडाले बताउनुभयो । सरकारले आर्थिक वर्ष २०७६र७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको हो ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तीय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

राजस्व र वैदेशिक अनुदानबाट जुटाइने रकमपछि बजेटमा ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ अपुग हुनेछ । जसको पूर्ति वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनुभयो । त्यसबाट पनि अपुग हुने १ खर्ब ९५ अर्ब रुपैयाँ भने आन्तरिक ऋण उठाइने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार