कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका सबै विद्यालय स्यानिटरी प्याड सुनिश्चित विद्यालय घोषणा भएका छन् ।
पचालझरना गाउपालिकाको आयोजनामा महिनावारी स्वच्छता अभियानका क्रममा गाउँपालिकाका ८ वटै सामुदायिक बिद्यालयमा स्यानिटरी प्याडको सुनिश्चित भएपछि स्यानिटरी प्याड सुनिश्चित विद्यालय घोषणा गरिएको हो ।
अब पचालझरना गाउँपालिकामा सञ्चालित सबै माध्यमिक बिद्यालयमा अध्ययनरत कुनै पनि छात्राले महिनावारी स्वच्छता फोकल शिक्षिका सँग समन्वय गरी यो सुबिधा लिन सक्नेछन् ।
पचालझरना गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नेपाल रेडक्रस सोसाइटीको आर्थिक सहयोग तथा सहजीकरणमा बिद्यालयमा स्यानिटरी प्याड उपलब्धता गराइएको हो । प्याड वितरण सम्बन्धी नीति नियम तयार गरी व्यवस्थापन गरिएको स्वास्थ्य संयोजक चन्द्रेश्वर शाहले जानकारी दिनुभयो।


986 पटक हेरिएको 

