जब कुचो बोकेर मन्त्रीहरु नै सरसफाइमा उत्रिए

 

काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा ललितपुरको पुलचोक स्थित मन्त्री निवास परिसर सफाइ गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान मन्त्री निवास परिसरको सरसफाइ गरिएको हो ।

पुलचोकदेखि सुरु भएको सरसफा मन्त्री निवास पुगेर समापन गरिएको थियो । सरसफाइको नेतृत्व कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत सरसफाइमा सहभागी भएका थिए ।

मन्त्रालयले यो वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व वातावरण दिवस तथा राष्ट्रिय सरसफाइ सप्ताह मनाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार