बर्षातको पानी संकलन सम्बन्धी सम्मेलनको तयारी पूरा  

काठमाडौ : बर्षातको पानी संकलन र व्यवस्थापन सम्बन्धी सम्मेलनको तयारी पूरा भएको छ । भोलि शनिबार र आईतबार हुने सम्मेलनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधीहरु काठमाडौ आईसकेको र कार्यक्रममा प्रस्तुत गरिने कार्यपत्र तयारी लगायत अन्य व्यवस्थापकीय तयारी पूरा भएको राष्ट्रिय  सम्मेलन आयोजक समितिका अध्यक्ष रामदीप शाहले जानकारी दिनुभयो । सम्मेलनमा भारत, बंगलादेश, श्रीलंका, दक्षिण कोरिया र नेपालका प्रतिनिधीहरुको सहभागिता रहनेछ ।
बर्षातको पानीलाई संकलन र व्यवस्थापन गरी घरेलु उपयोगमा आवश्यक पानीको सहज आपूर्ति मिलाउने र प्राकृतिक प्रकोप न्यूनीकरण गर्ने सम्बन्धमा नेपाल र विश्वभर प्रचलनमा रहेका ज्ञान,सीप र प्रविधिलाई उपयोग गर्न सरोकारवालालाई जागरुक बनाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
बर्षातको पानीको समुचित व्यवस्थापन हुन नसक्दा बर्षायाममा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप बढ्ने र हिउँदमा खानेपानीको चरम संकट पर्ने समस्या भोग्दै आएका छौं ।
उदघाटन र व्यवसायिक सत्रमा गरी २ सत्रमा विभाजित कार्यक्रममा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, बर्षातको पानी संकलनबाट जलाधार तथा परिस्थितिकीय चक्र (इकोसिस्टम), आकाशे पानी संकलनको प्रवर्धनमा स्थानीय निकायको भूमिका, आकाशे पानी संकलनमा वित्तिय सहयोग, पानीको अभावका साथै जलवायु परिवर्तन र अनुकुलन सँग सम्बन्धित २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।
सम्मेलनको उद्घाटन शनिबार दिउसो २ बजे एल्लो प्यागोडा होटेल कान्तिपथमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले गर्नुहुनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार