खुला दिसामुक्त घोषणाका लागि तातियो बीरगञ्ज एमवाससीसी

 

बीरगञ्ज :  नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बीरगञ्जले खुला दिसामुक्त घोषणा गर्न बाँकी वडालाई चाँडै खुला दिसामुक्त घोषणा गरी भाद्र २१ गते शनिबारका दिन बीरगञ्ज महानगरपालिकालाई नै खुला दिसामुक्त घोषणा गर्ने भएको छ ।

बीरगञ्ज महानगरपालिकाका नगरप्रमुख एवं एमवाससीसी अध्यक्ष विजय कुमार सरावगीको अध्यक्षतमा बसेको बैठकले शौचालय निर्माण गर्न बाँकी वडामा सरसफाइ प्रज्वलकलाई व्यापक परिचालन गर्ने र खुला दिसामुक्त घोषणा गर्न बाँकी वडालाई यही भाद्र १५ गतेभित्र खुला दिसामुक्त घोषणा गरिसक्ने निर्णय गरिएको युनिसेफ नेपालका वास अफिसर बोधराज श्रेष्ठले जानकारी दिनुभयो ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. १, १५, १९, २३, २५ र २७ खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।

यी हुन्, एमवाससीसीले गरेका ७ निर्णय

निर्णय १. विगतका बैठकहरुको निर्णय र हालसम्म भएका कार्यहरुको प्रगति समीक्षा गरियो ।

निर्णय २. बीरगञ्ज महानगरको हालको शौचालय निर्माणको तथ्यगत अवस्था र १०६५ घरधुरीमा शौचालय निर्माृण हुन बाँकी रहेको बारे जानकारी गराईयो ।

 

निर्णय ३. खुला दिसामुक्त घोषणा गर्न बाँकी रहेका वडाले साउन १६ गतेभित्र वार्ड वास सीसीको बैठक बसाई आगामी कार्ययोजना सहित घोषणा गर्ने सम्भावित मिति तोकी नगरमा पठाउने निर्णय गरियो ।

निर्णय ४. सरसफाइ प्रज्वलकहरुलाई शौचालय बनाउन बाँकी रहेका वडाहरुमा समूहमा परिचालन गर्ने ।

निर्णय ५. भाद्र १५ गतेसम्म वीरगञ्जका बाँकी रहेका वडा नं. १, १५, १९, २३, २५ र २७ लाई खुला दिसामुक्त घोषणा गर्ने ।

निर्णय ६. भाद्र २१ गते शनिबारका दिन बीरगञ्ज महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने निर्णय गरियो ।

निर्णय ७. महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न शहरका मुख्य स्थानहरुमा घुम्ती शौचालय पच्चीस स्थानमा जडान गर्ने ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार