काठमाडौ : चालु आर्थिक बर्षमा प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना सञ्चालन हुने भएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी तथा सरसफाइ मन्त्रालयले सञ्चालन गरिने १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम अन्तर्गत प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना कार्यान्वयन गर्न लागेको हो ।
त्यसमा पनि सबैभन्दा बढी मोरङमा छन् । मोरङमा मात्र ५ वटा ढल निर्माण तथा प्रशोधन आयोजनाका लागि रकम विनियोजन गरिएको छ ।
सरकारले चालु आर्थिक बर्षका लागि खानेपानी र सरसफाइ तर्फ ४२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको थियो । ती मध्ये प्रदेशबाट कार्यान्वयनमा आउने आयोजनाहरुका लागि ५ अर्ब ८५ करोड र बाँकी संघीय सरकारले कार्यान्वयन गर्ने आयोजनाहरु हुन् ।
चालु आर्थिक बर्षमा सञ्चालन हुने ढल आयोजना, कहाँ कति रकम ?



स्रोत खानेपानी मन्त्रालय


1604 पटक हेरिएको 

