स्कुलमा जैविक प्याड मात्र वितरण गर्नुपर्ने, प्याड वितरणको जिम्मेवारी स्थानीय सरकारलाई

 

काठमाडौ : सरकारले आर्थिक बर्ष २०७६/०७७ को बजेटमा स्यानिटरी प्याड वितरणका लागि छुट्याएको रकमबाट जैविक प्याड (Biodegradable pads)  मात्र वितरण गर्नुपर्ने भएको छ ।

जैविक प्याडको मापदण्डबारे निर्क्यौल भएपछि यो – यो गुणस्तरको प्याड गरिद गर्नु पर्ने भनी स्थानीय सरकारलाई समन्वय समितिले परिपत्र गर्नेछ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थमन्त्रालय लगायत सरोकारवाला मन्त्रालयका सचिव, सहसचिव एवं उपसचिव र राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ सम्मिलित बैठकले जैविक प्याड (Biodegradable pads) मात्र वितरण गर्नुपर्ने र यसको जिम्मेवारी स्थानीय सरकारलाई दिने निष्कर्ष निकालिएको हो ।

जैविक प्याड वितरण गर्नुअघि केन्द्रिय तहमा प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा रहने समन्वय समितिले जैविक प्याडका बिषयमा विज्ञसँग परामर्श गर्ने, जैविक प्याडको गुणस्तर र मापदण्डका बिषयमा परिभाषित गर्ने, प्राविधिक पक्षको बारेमा राष्ट्रिय महिनावारी सञ्जाल सँग छलफल गर्ने सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जैविक प्याडको मापदण्डबारे निर्क्यौल भएपछि यो – यो गुणस्तरको प्याड गरिद गर्नु पर्ने भनी स्थानीय सरकारलाई समन्वय समितिले परिपत्र गर्नेछ ।

यसअघिका बैठकहरुमा केन्द्र सरकारले टेण्डर मार्फत प्याड खरिद गर्ने र सामुदायिक विद्यालयहरुमा पठाउने बिषयमा छलफल हुने गथ्र्यो ।
सरकारले बजेट भाषण मार्फत चालु आर्थिक बर्षमा देशभरमा करिब २० हजार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि स्यानिटरी प्याडको व्यवस्था गर्न १ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यो बजेट हरेक सामुदायिक विद्यालयका लागि ४० हजार रुपैयाँ रकम हो । यसबाट कक्षा ५ भन्दा माथिका महिनावारी हुने उमेरका करिब १४ लाख छात्राहरु लाभान्वित हुनेछन् ।

जैविक प्याड (Biodegradable pads)  नै किन रोजियो ?

जैविक प्याड नै वितरण गर्ने निर्णयमा पुग्नु अघि विभिन्न विकल्पबारे छलफल गरिएको थियो । बैठकमा सुरुमा बजारमा पाइने सुलभ प्याड नै वितरण गर्ने कि भन्ने बिषयमा छलफल गरिएको थियो । बजारमा हाल पाइने प्याडको फाइदा र बेफाइदाबारे व्यापक छलफल भएको थियो ।

आर्थिक हिसाबले यो प्याड अन्य प्याड भन्दा तीन गुणा महँगो पर्छ । तर यो प्याडको प्रबर्धन गर्न थालेपछि उद्योगीहरुले मेसिन झिकाएर स्वदेशमै जैविक प्याडको उत्पादन गर्न थाल्नेछन्, यसको गुणस्तर र मापदण्ड तोकेपछि विदेशबाट आयात गरेरै भएपनि आपूर्ति गर्नेछन् 

राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठ भन्नुहुन्छ ‘जैविक प्याड नै वितरण गर्ने भन्ने निष्कर्षमा पुग्न हामीले अन्य विकल्पहरुमा छलफल गर्‍यौं, बजारमा पाइने प्याडको फाइदा र बेफाइदाबारे छलफल गर्‍यौं, अर्को बिकल्प, मेन्स्ट्रुअल कप एवं ट्याम्पोनका बिषयमा छलफल भयो तर तुलनात्मक रुपमा जैविक प्याड महँगो तथा बजारमा प्रशस्त उपलब्ध नभएपनि चाँडै कुहिने र वातावरणमैत्री पनि हुने भएकाले जैविक प्याड नै वितरण गर्ने निष्कर्षमा पुग्यौं ।’


उहाँका अनुसार जैविक प्याड हाल बजारमा व्यवसायिक प्रयोजनका लागि प्रशस्त उपलब्ध छैन । यो प्याड केही संघसंस्थाले मात्र उत्पादन गरिरहेका छन् । आर्थिक हिसाबले यो प्याड अन्य प्याड भन्दा तीन गुणा महँगो पर्छ । तर यो प्याडको प्रबर्धन गर्न थालेपछि उद्योगीहरुले मेसिन झिकाएर स्वदेशमै जैविक प्याडको उत्पादन गर्न थाल्नेछन्, यसको गुणस्तर र मापदण्ड तोकेपछि विदेशबाट आयात गरेरै भएपनि आपूर्ति गर्नेछन् र बजारमा अहिलेको भन्दा सस्तोमा किन्ने पाइनेछ भन्ने आधारमा जैविक प्याड वितरण गर्ने निर्णय गरिएको हो ।

 

 

कुन प्याडको के फाइदा के बेफाइदा ?

प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा गठित समन्वय समितिले जैविक प्याडका गुणस्तर र मापदण्ड निर्धारण सँगसँगै कार्यविधि पनि निर्माण भईसक्ने र बजेट कार्यान्वयनमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

बजारमा पाइने सुलभ प्याड :

फाइदा : पसलमा सजिलै किन्न पाइने, आर्थिक हिसाबले पनि त्यत्ति महँगो नपर्ने,

बेफाइदा : स्वास्थ्य तथा वातावरणका हिसाबले खतरा, २ सय बर्षसम्म नकुहिने, जथाभावी फ्याँक्दा वातावरण प्रदुषित हुने, रगत सोस्नका लागि प्रयोग गरिने रसायनले महिलाको पाठेघरको क्यान्सर समेत गराउने ।

घरेलु (रियुजेबल प्याड) :

फाइदा : कपडाले बनेको हुनाले स्वस्थकर हुने, एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्ने, आर्थिक रुपमा किफायती ।

बेफाइदा : धोइरहनु पर्ने भएकाले झन्झटिलो, राम्रो सँग धुन नजाने स्वस्थकर हुन नसक्ने, स्वस्थ तरिकाले प्रयोग गर्न निक्कै चुनौती, घाम नलागेको बेला सुक्न समय लाग्ने, पानी उपलब्धता नहुने ठाउँमा सफा गर्न गाह्रो ।

मेन्स्ट्रुअल कप तथा ट्याम्पोन : 

फाइदा : बोक्न सजिलो, आफू बाहेक अन्य साथीले लगाएकै भरमा थाहा नपाउने, वातावरणमैत्री, एक चोटी किनेपछि बर्षौसम्म टिकाउ हुने ।

बेफाइदा : सुरुमा किन्दा निक्कै रकम खर्च हुने, प्रयोगमा दुविधा, बालिकाहरुले यसलाई स्वीकार गर्न नसकिने, लगाउन लाज मान्ने, घरपरिवारले समेत स्वीकृति दिन गाह्रो हुने ।

सरकारले सामुदायिक विद्यालयमा स्यानिटरी प्याड वितरण सम्बन्धी कार्यविधि समेत बनाईरहेको छ । प्रधानमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा गठित समन्वय समितिले जैविक प्याडका गुणस्तर र मापदण्ड निर्धारण सँगसँगै कार्यविधि पनि निर्माण भईसक्ने र बजेट कार्यान्वयनमा आउने श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक विद्यालयका लागि विनियोजित रकम अपुग भएमा अर्थमन्त्रालयले रकमान्तर गरेर भएपनि हरेक सामुदायिक विद्यालयका महिनावारी हुने उमेरका छात्रालाई जैविक प्याड नै उपलब्ध गराउने बैठकले सहमति गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार