
काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब १३ दिन मात्र बाँकी छ । अहिलेसम्म ७२ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । आज एकैदिन काठमाडौ, महोत्तरी र कपिलवस्तु जिल्ला खुला दिसाम्क्त घोषणा हुँदैछ । यी तीन जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपछि २ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ ।
सोलुखुम्बुले संविधान दिवसको अवसर पारी असोज ३ गते र भोजपुरले ४ गते खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ ।


964 पटक हेरिएको 

