नेपाल ओडिएफ : मात्र ८ दिन बाँकी

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब मात्र ८ दिन बाँकी छ । भोजपुरलाई शनिबार अन्तिम तथा ७७औं जिल्लाको रुपमा खुला दिसामुक्त घोषणा गरेपछि अब खुला दिसामुक्त घोषणा गर्न कुनै पनि जिल्ला बाँकी छैन ।

सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि अब नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको छ । यसअघि भदौ मसान्तभित्र सबै जिल्ला खुला दिसामुक्त घोषणा गर्ने योजना भएपनि भोजपुर र सोलुखुम्बुले ढिलाई गर्दा राष्ट्रिय लक्ष्यमा असर पर्छ कि भन्ने आशंका थियो ।

सरकारले अबको ८ दिन पछि अर्थात असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार