
काठमाडौ : तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ ।
के हो अघि तीन पछि तीन ?
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार अघि तीन भनेको खाना खानुअघि, खाना बनाउनु अघि र खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुनु हो । यस्तै पछि तीन भनेको बच्चाको दिसा धोएपछि, शौचालय गएपछि र फोहोर वस्तु छोएपछि पनि साबुन पानीले हात धुनु हो ।
व्याक्टेरिया रहित पानी र साबुनले हात धोएमा झाडापखालाको समस्या झण्डै ५० प्रतिशतले घट्ने देखाएको छ । विभिन्न अध्ययनले साबुन पानीले राम्रो सँग हात धोएमा कुपोषणको समस्या ५० प्रतिशतले कम गर्न सकिन्छ ।
हात धुँदा सरुवा रोगको संक्रमणबाट बचाउन सकिने मात्र नभई श्वासप्रश्वास सम्बन्धी रोग, आँखामा हुने संक्रमण तथा बालबालिकालाई लाग्ने जुका जस्ता समस्याबाट समेत बचाउन खोपको जस्तै काम गर्ने विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ ।


1731 पटक हेरिएको 

