स्रोत कक्षामा चर्पी र खानेपानी अभाव

 

खलंगा : न पर्याप्त चर्पी, न सुरक्षित खानेपानी, न त सुत्ने राम्रो व्यवस्था । जुम्लाको खलंगामा रहेको जनता माध्यामिक विद्यालयमा अध्ययनरत वौद्धिक अपाङ्गता भएका ९६ विद्यार्थी अभावै अभावमा अध्ययन गरिरहेका छन् । भवन अभावमा वौद्धिक अपाङगता भएका विद्यार्थीहरुलाई राख्न कठिन भएको विद्यालयले जनाएको छ ।

विद्यालयका निमित्त प्रधानाध्यापक जितेन्द्र महतले वालवालिकाहरु ९६ जना भएको तर कक्षाकोठा र पानीको अभाव भएकाले समस्या भएको बताउनुभयो । उहाँले विद्यार्थी राख्नैपर्ने तर बजेट अभावमा भौतिक संरचना बन्न नसकेको गुनासो गर्नुभयो ।

स्रोत शिक्षक उर्मिला महतले स्रोत कक्षाको भिन्नै खाता भएमा सजिलो हुने थप्नुभयो । वर्षेनी विद्याथी भर्ना गर्नुपर्छ तर भौतिक पूर्वाधार नभएकाले समस्या थपिएको निमित्त प्रअ महतले गुनासो गर्नुभयो । जिल्लामा संचालित स्रोत कक्षाको अवस्थाको बारेमा गरिएको अन्तरक्रियामा जिल्लाका तीन वटा स्रोत कक्षाहरु भैरव माध्यमिक विद्यालय नराकोट, कर्णाली मावि, अनामनगर र जनता माध्यमिक विद्यालय, महतगाउँका शिक्षक, वालवालिकाहरु, अपांगता भएका व्यक्तिहरु र पत्रकार बीचमा शैक्षिक सवालमा छलफल भएको हो ।

भैरव मावि नराकोटका शिक्षक दत्तबहादुर बुढाले स्रोत कक्षामा पानी नभएका कारण ठूलो समस्या भएको गुनासो गर्नुभयो । उहाँले पानी नहुँदा दृष्टिविहीन वालवालिकाहरु शौचालय गर्न जंगल जाने गरेको बताउनुभयो । त्यहाँ संचालित ज्ञान नेपालको सहयोगमा संचालित छात्रावासमा जान बाटो नभएका कारण समस्या भएको स्थानीय अपांगता अधिकारकर्मी कृष्ण चौलागाईले जानकारी दिनुभयो । वालवालिकाहरुले खानामा हरियो साग र मासु खान पाउनुपर्ने सुझाव दिइएको छ ।

अपाङ्गता भएका वालवालिकाहरु अध्ययनरत वालवालिकाहरुको स्रोत कक्षामा बास बस्ने विद्यार्थीहरुका लागि भने सरकारले आवासीय सुविधा मार्फत चार हजार रुपैयाँ उपलब्ध गराउँछ तर सो रकम अपूग भएको विद्यालयहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार