
काठमाडौ : आज नोभेम्बर १९ अर्थात विश्व चर्पी दिवस । ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मुलनाराका साथ नेपालमा पनि यो दिवस मनाईदैछ ।
दिवसको अवसरमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), गुठी, पश्चिम पाइला, नेपाल रेडक्रस सोसाईटी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल लगायत संघसंस्थाले काठमाडौको भृकुटीमण्डपबाट भद्रकाली, शहीदगेट तथा न्यूरोड गेटबाट प्रवेश गरी हनुमान ढोका तथा बसन्तपुरमा पुगेर जनचेतनामूलक ¥याली टुङ्गिने गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
दिवसको अवसरमा देशैभरि विभिन्न कार्यक्रमहरु आयोजना हुँदैछन् ।


894 पटक हेरिएको 

