
काठमाडौ : आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । शौचालयको आवश्यकता सम्बन्धी जनचेतना जगाउने उद्देश्यले हरेक बर्षको नोभेम्बर १९ तारीखमा यो दिवस मनाईदै आएको छ । शौचालय जानु हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा हो । दिवस नै मनाइने हाम्रो दैनिकीको यो अभिन्न अंग शौचालयका बारेमा अनेक रोचक तथ्यहरु छन् :
– हामी हाम्रो जिवनकाल भरिमा ६ महिना ट्वाइलेटमा दिशा पिसाब गर्नमा बिताउछौँ ।
– विश्वका साढे २ अर्ब मानिसको घरमा अझै शौचालय सुविधा पुगेको छैन । अर्थात उनीहरु खुला ठाउँमा दिसापिसाब गर्छन् ।
– ट्वाइलेटमा एक पटक फ्लस गर्दा झण्डै ६ लिटर पानी खर्च हुन्छ ।
– विश्वमा अहिलेसम्मकै पूरानो ट्वाइलेट कमोड स्कटल्याण्डमा फेला परेको छ । त्यो करीब ५ हजार वर्ष पूरानो हो ।
– सामान्य अवस्थामा भन्दा मोबाइल लिएर ट्वाइलेट जाँदा ट्वाइलेटमा धेरै समय खर्च हुन्छ ।
– विश्वमा ट्वाइलेटमा भन्दा मोबाइलमा मानिसको पहुँच बढी छ । ट्वाइलेटको पहुँच नभएका ३५ प्रतिशत मानिसको हातमा मोबाइल फोन रहेको छ ।


1173 पटक हेरिएको 

