सबै स्थानीय तहमा वास प्लान बनाउने सरकारको तयारी

 1806 पटक हेरिएको
🔗
9
Shares

 

विराटनगर : संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरुसँग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने भएको छ ।

खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश नम्बर १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा देशैभरिको वास प्लान बनाउने तयारी भएको जानकारी गराइयो ।

कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संविधानमा उल्लिखित खानेपानी र सरसफाइमा जनताको पहुँच पुर्‍याउने मौलिक हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले दिगो विकास लक्ष्य हासिल गर्ने दिशातर्फ प्रदेश सरकार अघि बढिरहेको बताउँदै तीनवटै तहका सरकारको समन्वय र सहकार्यमा मात्र यो सम्भव हुने स्पष्ट पारे ।

‘खानेपानी मन्त्रालयले ल्याएको वास प्लान एक महत्त्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘डिजिटल प्रविधिको माध्यमबाट खानेपानी र सरसफाइबारे सम्पूर्ण सूचना जानकारी दिने जुन सफ्टवेयर प्रविधि मन्त्रालयले तयार ग¥यो, यसलाई प्रदेश सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्नेछ ।’ यो खबर हामीले नागरिक खबर डट कम बाट लिएका हौं ।  कार्यक्रममा खानेपानी मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा प्रत्येक स्थानीय तहको पूर्ण आकारको गुरु योजना बनाउन मन्त्रालयले चाहिरहेको स्पष्ट पारिन् ।

‘हामीले देशै भरिको गुरु योजना बनाउन चाहिरहेका छौं,’ उनले भनिन्, ‘७५३ वटै स्थानीय तहको मास्टर प्लान बनाउन खोजिरहेका छौं ।’ मास्टर प्लान तयार भैसकेपछि त्यही गतिमा काम गर्ने मन्त्री मगरले बताइन् । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्नुपर्ने चुनौती रहेकाले वास प्लान चाहिएको प्रष्ट्याइन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार