समाजसेवी गुरुङद्वारा ५७ घरपरिवारलाई डस्टबिन प्रदान, पूर्ण सरसफाइमा सहयोग पुग्ने

 1136 पटक हेरिएको

सोम आचार्य, झापा : बिर्तामोड खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी जलकुमार गुरुङ्गले पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको बिर्तामोड नगरपालिकाको वडा नं. ८ हर्चना टोलका ५७ घरपरिवारलाई झण्डै ६० हजार रुपैयाँ बराबरको डस्टबिन बितरण गर्नुभएको छ । हर्चना सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष जितलाल राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गुरुङ्गले प्रत्येक घरका धनीलाई डस्टविन वितरण गर्नुभएको हो ।

गुरुङ मोफसलको चर्चित फुटबल क्लब झापा ११ तथा मेची आँखा अस्पतालको समेत अध्यक्ष हुनुहुन्छ । हर्चना टोलमा सरसफाइ समिति गठन भएदेखि नै दैनिक जसो सरसफाइका बिभिन्न क्रियाकलाप गरेको देखेर टोललाई सहयोग गर्न मन लागेको गुरुङ्गले बताउनुभयो । ‘हर्चना टोलमा मात्रै होइन बिर्तामोड नगरपालिकाका अन्य वडा तथा समुदायलाई समेत पूर्ण सरसफाइ उन्मुख बनाउन सहयोग गर्न आफू तयार रहेको समाजसेवी गुरुङ्गले बताउनुभयो । डस्टबिन बितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ८ का कार्यबाहक अध्यक्ष दिपक भट्टराई, अन्य जनप्रतिनिधि तथा बिर्तामोड वडा नं. ८ मा गठित टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, बाल क्लबका प्रतिनिधि तथा स्थानीय समाजसेवी समेतको उपस्थिति रहेको थियो ।

 

डस्टविन वितरण कार्यक्रममा विराट सामुदायिक अध्ययन केन्द्र झापाका पालिका संयोजक कृष्ण सिटौला र पूर्ण सरसफाइ सहजकर्ता अनिल गौतमले पूर्ण सरसफाइका सूचक र पूर्ण सरसफाइ उन्मुख समुदाय निर्माणमा पूरा गर्नुपर्ने सूचकका बिषयमा जानकारी गराउनु भएको थियो ।

ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्रको सहजीकरणमा बिर्तामोड नगरपालिकाको वडा नं. ८ मा पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको छ । वडा नं. ८ ले त्रिबर्षीय पूर्ण सरसफाइ कार्ययोजना समेत तयार गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार