सचेतनामूलक र्‍यालीसहित सरसफाइ


बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित बेलभार गाउँमा सचेतनामुलक र्‍याली सहित सरसफाइ गरिएको छ । बेलभारमा गेरुवा ग्रामीण जागरण संघ बर्दिया र वडा कार्यालयको नेतृत्वमा पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो । गाउँमा सचेतनामुलक र्‍याली मार्फत सुचना प्रसारण गरिएको छ भने गाउँको मुख्य बाटोमा सरसफाइ गरिएको छ ।

जानकी गाउँपालिका वडा नं.–२ को वडा कार्यालय, प्रहरी चौकी बेलभार र सशस्त्र प्रहरी सहित अन्य सामाजिक संघसंस्थाको समन्वयमा सरसफाइ कार्यक्रम गरिएको जानकी वडा नं. २ का अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जानकारी दिनुभयो । सचेतनामुलक ¥यालीका क्रममा खुला रुपमा दिसापिसाव नगरी शौचालयमा मात्र गर्न, आफनो घर आँगन, टोल सफा राख्न, जथाभावी फोहोर नफाल्न अनुरोध गरिएको थियो ।

जानकी गाउँपालिकाको वडा नं. २ स्थित भैय्यापुर र चौधरीपुरलाई पूर्ण सरसफाइ टोल घोषणा गर्ने तयारी गरिएको छ । वडा कार्यालयको समन्वयमा प्लान इन्टरनेशनल नेपालको सहयोगमा गेरुवाले सो समुदायलाई पूर्ण सरसफाई घोषणा गर्न लागेको हो । जसका लागि वडा नं. २ को कार्यालयले पनि सक्रियतापूर्वक लागि परेको वडा अध्यक्ष गुप्ताले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार