सरसफाइ र रङरोगन पछि यस्तो देखियो माने (फोटो फिचर)

 256 पटक हेरिएको


सोलुखुम्बु : दुई जना युवाको अभियानले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका २ तुम्बुक र आसपासका मानेहरु चम्किएका छन् । पर्यटक पथप्रदर्शकहरु छिरिङ दोर्जी शेर्पा र निमा तेञ्जिङ शेर्पाले थालनी गरेको माने सरसफाइ र रङरोगन अभियानले गाउँमा रहेका मानेहरुको रुप फेरिएको हो ।

ती दुई जना युवाको अभियानलाई गाउँले र विदेशमा रहेका नेपालीले समेत साथ दिएपछि अभियानले मूर्त रुप लिएको हो । सबैको प्रयासबाट अहिले माटोमुनि पुर्न थालेको माने चम्किएका छन् । झारपातले ढाकिएर विरुप भएको माने टिलिक्क टल्किने भएका छन् ।

विभिन्न रङको संयोजन मिलाएर रङरोगन गर्दा मनै लोभिने भएको छ । सालाबेशी, तुम्बुक, टाक्टोर लगायत ठाउँमा रहेका दर्जनौं मानेका मधुरा लामा अक्षरहरु प्रष्ट देखिने भएका छन् । माटोले पुर्न थालेका मानेको सग्लो रुप देखिएको छ ।

फोटोहरु निमा तेञ्जिङ शेर्पाको फेसबुकबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार