
सुनसरी : सुनसरी जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख गोपाल राजभण्डारीले विश्व हातधुने दिवसको उदघाटन गर्नुभयो । विश्व हात धुने दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख कृष्ण कुमारी विश्वकर्मा, जिल्ला समन्वय अधिकारी शंकर प्रसाद पौडेल सहित समन्वय समितिको पदाधिकारीहरु, कर्मचारी लगायत युएन ह्याबिट्याट र सामुदायिक समाज उत्थान केन्द्र (CSDC) सुनसरीका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । विश्व हात धुने दिवसकै अवसर पारी बरजु स्वास्थ्य चौकीले समेत हात धुने दिवस मनाएको छ ।

बरजु गाउँपालिकाको वडा नं. ३ स्थित स्वास्थ्य चौकीले आयोजना गरेको हात धुने कार्यक्रममा हेल्थ पोष्टका स्टाफ, महिला स्वयंसेविका र स्वास्थ्य सेवा लिन हेल्थ पोष्ट पुगेका सेवाग्राहीहरु हुनुहुन्थ्यो । कार्यक्रममा हेल्थपोष्टका स्वास्थ्यकर्मीले हात धुनुको महत्व, धुने तरिका र कोरोना भाइरस संक्रमण हुनाबाट बच्न बेला बेलामा साबुन पानीले हात धोइरहनुपर्ने बताएका छ । कार्यक्रम प्लान इन्टरनेश्नलको आर्थिक सहयोगमा CSDC सुनसरीले सहजीकरण गरेको थियो ।
नेपाल सरकारको अभियानलाई अगाडि बढाउनका लागि सामुदायिक समाज उत्थान केन्द्र सुनसरीले विभिन्न पालिकाहरु, वडाहरु र समुदाय स्तरमा हातधुने महिनाव्यापी अभियान सञ्चालन गरिरहेको छ ।

कोरोना भाइरसको संक्रमण र बहुआयामिक प्रभावलाई रोक्न विभिन्न क्षेत्रबाट आ–आफ्नै प्रयास भइरहेका छन् । यसै सन्दर्भमा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यस्थापन विभाग, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति नेपाल, WASH क्लष्टर र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना सञ्चार केन्द्र लगायतका निकायहरुको सहकार्यमा व्यक्तिगत, घरायसी, विद्यालय, स्वास्थ्य केन्द्र, कार्यालय, उद्योग, सार्वजनिक स्थल आदिमा सावुनपानीले हात धुने सुविधा, यसको प्रवद्र्धन गर्न, नियमित अभ्यास र व्यवहारको विकास गर्न, सबैको साझेदारीमा साबुनपानीले हातधुने व्यवहार सम्बन्धी नौला र सिर्जनशील उपाय एवं प्रविधिको विकास गर्न, कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न साबुनपानीले हातधुनु पर्दछ भन्ने सन्देश आम सञ्चार मार्फत प्रचार गर्न सहयोग पु¥याउने उद्देश्यले “हातको सरसफाइ सबैका लागि(साबुनपानीहात, सधै साथसाथ”भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी देशभर एक महिना (२०७७ आश्विन १३ देखि कात्तिक १४ गते सम्म) सावुन पानीले हातधुने अभियान सञ्चालन भईरहेको छ ।





1483 पटक हेरिएको 

