नेपालगञ्जका टोल–टोलमा हात धुने अभ्यास

🔗
8
Shares

भिष्म लोध, बाँके : बाँके जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको छ । बिभिन्न प्रकारको संक्रमण हातको माध्यमबाट हुने हुँदा हात सफा हुनु आवश्यक छ । सोही सचेतना बढि भन्दा बढि व्यक्तिसम्म पुगोस, संक्रमण हुने सम्भावनाबाट जोगिउन भन्नका लागि जिल्लामा अहिले हात धुने अभियान संचालन भइरहेको हो ।

बिश्व हात धुने दिवस–२०२० को अवसरमा जिल्लामा एक महिनाका लागि यो अभियान संचालन गरिएको छ । खासगरी नेपालगञ्ज उपमहानगरपालिकाका बिभिन्न वडा तथा टोलहरुमा स्वयं सेवकहरुले हात धुन सिकाउँदै आएका छन् ।

२३ वटा वडा रहेको नेपालगञ्जमा हालसम्म सय स्थानमा हात धुने अभियान संचालन गरिएको छ । स्वयं सेवकहरुले एक दिनमा ६ वटा कार्यक्रम गरिरहेको अभियान संचालन गरेको गेरुवा ग्रामीण जागरण संघ, बर्दिया नेपालगञ्ज परियोजनाका कार्यक्रम संयोजक गफ्फार अलि बेहना शेषले जानकारी दिनुभयो ।

एस एन भी नेपालको सहयोगमा नेपालगञ्जमा संचालन भएको स्वास्थ्य र बिकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना मार्फत यो अभियान संचालन गरिएको हो । ‘कोरोना महामारीबाट बच्नका लागि बेला बेला साबुन पानीले हात धुन आवश्यक रहेको कुरा बिश्व स्वास्थ्य संगठनले भनिरहेको छ,’ संयोजक शेषले भन्नुभयो, यसका साथै हात धुनले बिभिन्न प्रकारको संक्रमणबाट पनि बच्न सकिन्छ, हात धुनुपर्छ भन्ने कुरा धेरै थाहा भएपनि सहि तरिकाले हात नधुनुले नै मानिसमा संक्रमण लागिरहेको हुन्छ ।

स्वंसेवकले अझै १२ दिनसम्म हात धुने अभियान संचालन गर्ने छन् । अहिलेसम्म हजार बढिलाई हात धुने सहि तरिकाबारे अभिमुखिकरण समेत गरिएको छ ।

हातको माध्यमबाट कोरोना भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने हुनाले बेला–बेलामा साबुन–पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनु संक्रमणबाट बच्ने एउटा महत्वपूर्ण उपाय मानिन्छ । स्थानीयलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन लगाएर कार्यक्रममा सहभागि गराउने गरिएको छ । नेपाल सरकारको सक्रियतामा कात्तिक १४ गतेसम्म हात धुने अभियान सञ्चालन भईरहेको छ । तीनै तहका सरकार र सरोकारवालाहरुको साझेदारीमा हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधै साथ साथ भन्ने संकल्पका साथ देशैभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार