यसरी बन्नेछ, चर्पी एउटा ठूलो व्यापारको वस्तु

 523 पटक हेरिएको

राजीव घिमिरे

केही कुराको प्रयोग सामूहिक स्तरमा गरिन्छ, जस्तो खेल मैदान, भने केहीको प्रयोग व्यक्तिगत स्तरमा गरिन्छ, जस्तो लुगा। पहिले सबैले सूर्य हेरेर समयको ज्ञान लिन्थे, पछि घण्टाघरमा घडी राखेर सामुदायिक स्तरमा गर्न थाले, अझ हाते घडी बने पछि व्यक्तिगत स्तरमा । हरेक कुरालाई पर्सनलाइज्ड गर्न सकेमा व्यापारको स्कोप पनि ह्वात्त बढ्छ । सामुदायिक घडीलाई व्यक्तिगत घडी बनाउँदा, मेनफ्रेम कम्प्युटरलाई पीसी बनाउँदा, वा ल्यान्डलाइन फोनलाई सेलफोन बनाउँदा फोनको बिक्री बढे जस्तै ।

सस्तो मोडेल किन्नु भनेको आफू गरिब देखिनु हो भन्ने उपभोक्ताहरूलाई लाग्ने छ । साथै बढि समयमा डाइजेष्ट हुने चर्पी स्वास्थ्यको लागि राम्रो होइन भनेर ठानिने छ यसले गर्दा उपभोक्ताहरू फास्ट र स्लीम चर्पी किन्न तिर लाग्ने छन् । “मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ” को सट्टा “म सँग चर्पी छ यसमा मलाई शान छ” हुनेछ ।

पहिले दिसा सामूहिक रूपमा गरिन्थ्यो । अनि समाजको विकास सँगै पारिवारिक स्तरमा चर्पी बन्न थाले । चर्पी सबै जनाको लागि आवश्यक वस्तु हो, तर पनि यो व्यापारको वस्तु बन्न सकेको छैन । सभ्यताको सुरु देखि नै चर्पीको प्रविधि जहाँको त्यही छ, चर्पीको रूप (स्क्वाटिङ्ग वा बसेरस सेरामिकको वा प्लास्टिकको) परिवर्तन भयो तर सार भनेको दिसा खाल्टोमा खसाउने र त्यसलाई डाइजेष्ट गराउने नै हो। यसको प्रविधि विकास नहुनुको कारण यो व्यापारको वस्तु नहुनु हो, व्यापारको वस्तु नहुनुको कारण चाही यसलाई व्यक्तिगत प्रयोगको वस्तु बनाउन नसक्नु हो । यसलाई व्यक्तिगत व्यापारको वस्तु नबनाइन्जेल व्यापारको स्कोप नै सानो भयो।

उपभोक्ताले हरेक पर्सनलाइज्ड बस्तु स्लिम र फास्ट चाहन्छ, जस्तो स्लिम र छुनासाथ स्वात्त चल्ने फास्ट मोबाइल। व्यक्तिगतस्तरमा नै बिक्रि हुनको लागि पूर्वशर्त भनेको नै यो स्लिम, फास्ट हुनु पर्छ र यो विभिन्न मोडेलमा पाइनु पर्छ, जसरी मोबाइल फोन विभिन्न मोडेलमा पाइन्छ र उपभोक्तालाई च्वाइस बढि हुन्छ । चर्पी जब स्लिम र फास्ट बन्छ तब मात्र यो व्यापारको वस्तु बन्छ ।

केही व्यापारिक संस्थाहरूले चर्पीमा अनुसन्धान गर्दै छन्, ति अनुसन्धानको उदेश्य चर्पीलाई सानो (स्लिम) बनाउने र डाइजेष्टिङ्ग टाइम घटाउने (फास्ट) हो। हेर्दा स्लिम, पोर्टेवल र दिसा गरेको १-२ घण्टामा नै डाइजेष्ट हुने फास्ट चर्पीहरू बन्दैछन् ।

जब चर्पी पोर्टेबल बन्छ, अनि पर्सनलाइज्ड हुन्छ, अनि व्यक्तिले बिभिन्न मोडलहरूको चाहना गर्न थाल्छ र बजार ह्वात्तै बढ्छ । कति स्लिम छ र कति फास्ट छ भन्नेमा बिभिन्न मोडलहरू विकसित हुनेछन् । अनि उपभोक्ताको बीचमा यो किन्नको लागि प्रतिस्पर्धा हुनेछ, अनि राम्रो मोडलको चर्पी किन्नु शान हुन्छ भन्ने एउटा वातावरण नै बन्ने छ, मोबाइल फोनमा यो देखि सकियो । चर्पीको दुई किसिमका मोडेलहरू बन्ने छन्, एउटा महङ्गो मोडेल र अर्को सस्तो मोडेल, तर सस्तो मोडेल किन्नु भनेको आफू गरिब देखिनु हो भन्ने उपभोक्ताहरूलाई लाग्ने छ । साथै बढि समयमा डाइजेष्ट हुने चर्पी स्वास्थ्यको लागि राम्रो होइन भनेर ठानिने छ यसले गर्दा उपभोक्ताहरू फास्ट र स्लीम चर्पी किन्न तिर लाग्ने छन् । “मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ” को सट्टा “म सँग चर्पी छ यसमा मलाई शान छ” हुनेछ ।

चर्पीलाई व्यक्तिगतस्तरमा लगेर यसलाई बजारको वस्तु बनाउने वातावरणको सुरुवात गरिसकिएको छ, ग्लोबल इन्डिकेटरमा नै सेयर्ड ट्वाइलेटलाई ट्वाइलेट होइन भनेर, यसले व्यक्तिगतस्तरको चर्पीको लागि बजार निर्माण गर्दैछ । अनि चर्पी एउटा ठूलो व्यापारको वस्तु बनेर निस्कने छ ।

ईन्जिनियर राजीव घिमिरेको फेसबुकबाट साभार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार