सरसफाइ नमुना टोलमा DWASHCC को अनुगमन


बर्दिया : राजापुर नगरपालिका, बर्दियाको नमुना टोलहरुमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ । बर्दियाका प्रमुख ,जिल्ला समन्वय अधिकारी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सहयोगी संस्था GSF/UN-HABITAT र IDS-Nepal लगायत सम्मिलित टोलीले पूर्ण सरसफाइ अभियान संचालन भइरहेको राजापुर नगरपालिकाको वडा नं ५ को बसन्ता पारी २१ घर र कृष्णनगर टोलमा ३६ घरमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा समुदायमा सरसफाइका सम्पूर्ण सूचकहरु पुरा भएको पाईएको IDS-Nepal का जिल्ला संयोजक यज्ञ राज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक घरमा सुरक्षित तरिकाले शौचालय प्रयोग गर्ने गरेको, शौैचालयको प्रयोग गरेपछि साबुनपानीले हात धुने सहितको छुट्टै ब्यबस्था भएको, सुरक्षित पानी पिउनको लागि पानि सुद्धिकरण बिधि अपनाएको, कुहिने र नकुहिने फोहरबस्तुको लागि छुट्टाछुट्टै ब्यबस्थापन गरेको, महिलाहरुले घरमै बनाएको प्याड प्रयोग गर्ने गरेको, सुरक्षित खानेकुरा खाने गरेको, भाँडा सुकाउने चाङ, कोरोना भाइरसलाई मध्यनजर गर्दै सम्पूर्ण घरहरुमा सेनिटाइजर स्टेन्ड, घरआँगन र वातावरण नियमित रुपमा सफा गर्ने गरेकोले यी नमुना बस्तीलाई पूर्ण सरसफाइ उन्मुख हुँदै गएको टोलीले निष्कर्ष निकालेको छ ।


सरसफाइले नै आनीबानीको विकास गर्ने भएकाले त्यसलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिईएको छ । सरसफाइमा नमुना काम गरेकोमा सम्पूर्ण टोलबासीहरुलाई जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका सभापतिका शंकरप्रसाद थारुले धन्यबाद तथा त्यसको निरन्तरताको लागि सुझाव दिनुभयो ।
कार्यक्रम मा क्ष्म्क्९ल्भउब िका जिल्ला संयोजक यज्ञ राज जोशी, जिल्ला समन्वय अधिकारी कृष्ण खड्का, राजापुर नगरपालिकाका प्रमुख शिब थारु, जिल्ला समन्वय सभापति संकर प्रसाद थारु लगायत शुभकामना मन्तब्य व्यक्त गर्नुभयो ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाको अगुवाईमा GSF/UN-HABITAT को सहयोग तथा तथा IDS-Nepal/Mayus बर्दियाले राजापुर, बाँसगढी, गेरुवा र बढैयाताल गाउँपालिकाहरुमा यो अभियान सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार